चितवनमा ९२ प्रतिशत रोपाइँ सकियो

काठमाडौं । चितवन जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बांँकी छ ।
कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकामा सबै रोपाइँ सकिएको छ ।
ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ । भरतपुरकोे अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो । पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ । धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उनले जानकारी दिए ।
यही साउनको दोस्रो सातासम्म रोपाइँ सकिने अनुमान केन्द्रको छ । यसवर्ष वर्षात छिटो हुनु, मल बीउको अभाव खासै नभएकाले पनि रोपाइँ विगतका वर्षमा भन्दा चाँडो भएको उहाँको भनाइ छ । गत वर्षमा भदौको अन्त्यसम्म धान रोपाइँ हुने गर्दथ्यो ।
यहाँको खेतीयोग्य जमीनमध्ये वर्षभरि र मौसमी गरी ७२।७ प्रतिशत जमीनमा सहजै सिँचाइ पुगेको ज्ञान केन्द्रले जानएको छ । गतवर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धान लगाइएको थियो । चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन र वर्षेको ३ दशमलब ५२ छ । रासस









अण्डाको मूल्य हालसम्मकै उच्च
झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
‘करेन्ट नुडल्स’ अब ग्रिन इनर्जीबाट बनाइने : यशोदा फुड्स
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया