गृह मन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक सम्पन्न

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको हो ।
बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश प्रसाद अधिकारी, रक्षा मन्त्रालयका (सह सचिव तथा कामु सचिव) आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललगायत उपस्थित रहेका थिए ।
बैठकले कोभिड तेश्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण, जनताको स्वास्थसम्बन्धि स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन, कालो बजारीलाई नियत्रण गर्ने, बाढी पहिरो र डुबानमा परेका समुदायहरुलाई नियत्रण स्वास्थ तथा खाद्य सामग्री सहजी कारण गर्न हेली व्याथापन गर्ने लगायत विषयमा निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया