उधारो पोलिसी बिक्री नगर्न बिमा समितिको निर्देशन

काठमाडौँ । उधारो पोलिसी बिक्री नगर्न बिमा समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ । बिमाबापतको पैसा बैँक खातामा प्राप्त भएपछि मात्र जोखिम स्वीकार गर्न बिमा समितिले निर्देशन दिएको प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए ।
सोमबार समितिले सूचना जारी गर्दै बिमकले कुनै पनि किसिमको बिमा व्यवसाय गर्दा लिइने शुल्क रकम प्राप्त नभएसम्म बिमा जोखिम स्वीकार नगर्न निर्देशन दिएको हो । बिमकले जोखिम ग्रहण गरेबापत बिमा शुल्क रकम प्राप्त गरेपछि मात्र बिमा मानिने सूचनामा उल्लेख रहेको उनले बताए । सो व्यवस्थाको जानकारी गराउँदै समितिले कम्पनीलाई समेत गत असार मसान्तमै पत्र पठाइसकेको प्रवक्ता पौडेलले उल्लेख गरे ।
विभिन्न पत्रिकामार्फत र समितिमै पनि यस विषयमा उजुरी आएपछि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको हो । जीवन निर्जीवन दुवै कम्पनीमा उधारो बिमा विकृतिको रुपमा नै छ । यो निर्देशनको कार्यान्वयन यसकोे अन्त्य हुने निर्देशिकामा उल्लेख छ ।
उक्त निर्देशनलाई उल्लघंन गर्दै कम्पनीले उधारो बिमा पोलिसी बिक्री गरेको पाइएमा समितिले कारबाही गर्ने बिमा समितिले जनाएको छ । समितिले जारी गरेका नीति निर्देशन पालना नगरी व्यवसाय गर्ने कम्पनीलाई ऐनअनुसारको कारबाही गर्न समितिपछि नहट्ने समितिको दाबी छ ।
बिमा कम्पनीले राम्रो पर्फर्मेन्स देखाउन त्रैमासिकको अन्त्यमा वा आर्थिक वर्षको अन्त्यमा बढी उधारो बिमा गर्ने गरेको देखिन्छ । जोखिम बहनवापतको पैसा बिमकले प्राप्त नै नगरी बिमा लेख बिक्री गर्दा भविष्यमा यसले बिमासम्बन्धी नराम्रो सन्देश जानुका साथै दुर्घटना निम्त्याउने समितिले चेतावनी दिएको छ ।
समितिको निर्देशनअनुसार बिमा कम्पनीहरुले आफ्नो बैंक खातामा बिमा शुल्कबापतको रकम प्राप्त भएको बैँक स्टेटमेन्टमा देखिएपछि मात्र बिमा लेख जारी गर्न सक्ने छन् ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया