एक वर्षमा १ हजारभन्दा बढी फर्मलाई जरिवाना

काठमाडौं । एक वर्षमा वाणिज्य विभागले १ हजार ५३ फर्मलाई जरिवाना गरेको छ भने ३८ को कारोबार रोक्का गरेको जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनबाट गत आर्थिक वर्ष २०७७/०७८ को सो अवधिमा २ हजार ९ सय ४७ फर्ममा अनुगमन गरेको थियो ।
कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानाबापत २३ करोड ३९ लाख ८२ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
सो अवधिमा विभिन्न ३८ ओटा पसल तथा फर्मको कारोबार रोक्का गरिएको छ भने ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । १९ फर्म वा व्यक्तिलाई अभियोजनमा लगिएको विभागका प्रवक्ता शिवराज सेडाईले जानकारी दिए ।
उनका अनुसार विभिन्न १ हजार ५ सय ७९ फर्मलाई तत्कालै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको छ भने खान अयोग्य वा म्याद सकिएका ३ करोड ७३ लाख ८४ हजार ७ सय १ रकम बराबरको वस्तु नष्ट गरिएको छ । ६६ ओटा फर्म सामान्य अवस्थामा रहेको पाइएको प्रवक्ता सेडाईले बताए ।
विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी गरेर विभाग अन्तर्गतका ५ कार्यालयबाट आव २०७७÷०७८ को अवधिमा ४ हजार ७ सय ७९ फर्म तथा व्यवसायको अनुगमन गरिएको छ ।
५१ ओटा फर्मको कारोबार रोक्का र १ हजार ३ सय ४७ फर्मलाई जरिवाना गरिएको छ । ती फर्मको जरिवानाबापत ३ करोड ३३ लाख ७० हजार रुपैयाँ संकलन भएको छ भने म्याद समाप्त भएका र खान आयोग्य ३ करोड ९८ लाख ५३ हजार २ सय ५९ रुपैयाँ बराबरका मालसामान नष्ट गरिएको छ ।
त्यस्तै, ४ हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया