शुक्रबार, फागुन २९, २०८२

गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ- ऊर्जामन्त्री भुसाल

मेरोन्यूज २०७८ साउन ११ गते १९:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् ।

Advertisement
nepal life insurencenepal life insurence

सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, “ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ ।”

नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा उनले जोड दिइन् ।

मन्त्री भुसालले विद्युत्को दरमा पुनःविचार गर्ने नीति बनाउने बताइन् । उनले भनिन्, “हाम्रोमा विद्युत्को दर महङ्गो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन । विद्युत्को दरमा पुनःविचार गर्नुपर्छ । विद्युत् महशुल समायोजन गर्नुपर्छ ।”

प्रतिक्रिया