अण्डाको मूल्य अहिलेसम्मकै उच्च, कृषक खुसी, उपभोक्ता मर्कामा

काठमाडौं । अण्डाको मुल्य अहिलेसम्मकै महंगो भएकाले पोल्ट्री व्यवसायीले राहत महसुस गरेका छन् । निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले आज मंगलबारदेखि लागु हुने गरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३ सय ८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३ सय ५५ रुपैयाँ कायम गरिएको छ ।
नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट अहिलेसम्मकै उच्च हो । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले माग अनुसार अण्डा पुर्याउन कठिन भएको बताए ।
अहिले दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो संख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए ।
निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट ३ सय ३० रुपैयाँसम्म झरेको थियो । अहिले अण्डाको लागत मूल्य प्रतिक्रेट ३ सय ६० रुपैयाँ हाराहारी पर्ने उनको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उनले बताए ।
कोभिडले निषेधाज्ञा भएको समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । उनले भने, ‘अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ ।’ पहिरोले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पुर्याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको उनले उल्लेख गरे ।
२ हजार ७ सय पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको अण्डा उत्पादक संघले जनाएको छ ।
अण्डाको मूल्य बढे पनि दानाको कच्चा पदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् ।
पोल्ट्री व्यवसायी मदन पोख्रेलले कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो ५० रुपैयाँ पर्ने भटमास १ सय ५ रुपैयाँसम्म पुगेको र २२ रुपैयाँ हाराहारीमा पाउने मकै ३७ रुपैयाँसम्म पुगेको बताए ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया