मेसिनगन बोकेर लुट्न खोज्ने पक्राउ

काठमाडौं । मोरङको एक सुन पसलमा मेसिनगन देखाएर लुट्न खोज्नेलाई प्रहरीले पक्राऊ गरेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मेसिनगन देखाएर लुटपाट प्रयास गर्ने ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचाका सन्तोष राईसहित ५ जना छन् । अहिले अनुसन्धानको क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाको नामसँगै सबै परिचय गोप्य राखेको छ ।
‘घटनामा संलग्न भएकालाई प्रक्राउ गरिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्द्धन जिसीले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेका छौं । प्राविधिकसहितको सबै पक्षदेखि अनुसन्धान गर्दै आएका छौं ।’
मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने तयारी गरेको छ । थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो ।
पक्राउ परेकाको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी मेसिनगन एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्ड विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ ।
लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो । प्रहरीको विशेष टोली घटना भएको १२ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो ।
लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरा फुटेजमा पनि कैद थियो र पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया