प्रहरीको कार्यसम्पादन मूल्याङकन : एआइजीमा पाल, डिआइजीमा लामा उत्कृष्ट

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन मूल्याङकनको नजिता सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्रधान कार्यालयले प्रहरी महानिरक्षिक (एआईजी)देखि प्रहरी नायब महानिरीक्षक (डिआईजी)सम्मको नम्बर सार्वजनिक गरेको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिव महेश्वर न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेका थिए । उनले एक सय पूर्णाङकमा ९०.५ नम्बर ल्याएका छन् । एआइजीहरुमध्ये हरि बहादुर पालले उत्कृष्ट नम्बर ल्याएका छन् र डिआईजीहरु मध्य वसन्त लामाले उत्कृष्ट नम्बर ल्याएका छन् ।
एआईजी पालको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालयले ९५.८९ प्रतिशत ल्याएको छ । मानव स्रोत तथा प्रशासन विभागका एआइजी निरज बहादुर शाहीले ६७.११, कार्य तथा अपराध अनुसन्धानका विश्वराज पोखरेलले ६६.५२, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी प्रद्युम्न कार्कीले ६६.७९ तथा प्रहरी अस्पतालकी डा.आशा सिंहले ७९.१७ नम्बर ल्याएकी छन् ।
डिआईजी तर्फ उत्किृष्ट नम्बर ल्याउने वसन्त लामाको नेतृत्वमा रहेको बाग्मती प्रदेशले ९७.०३ नम्बर ल्याएका छन् । त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेश, तेस्रोमा गण्डकी, चौथोमा प्रदेश नम्बर १, पाँचौमा प्रदेश नम्बर २, छैठौंमा सुदुरपश्चिम तथा सातौंमा कर्णाली प्रदेशका डिआईजी भएका छन् ।
लुम्बिनीले ९६.५६, गण्डकीले ९६.०३, प्रदेश नम्बर १ ले ९५.९०, प्रदेश नम्बर २ ले ९५.७४, सुदुरपश्चिम प्रदेशले ९५.२१ र कर्णाली प्रदेशले ९४.९६ नम्बर ल्याएको छ ।
त्यस्तै दोस्रो हुने लुम्बिनीमा डिआइजी रबिन्द्र धानकु, तेस्रो हुने गण्डकीमा घनश्याम अर्याल, चौथो हुने प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, पाँचौ हुने प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, छैठौं हुने सुदुरपश्चिममा उत्तम सुवेदी तथा सातौ हुने कर्णालीमा बसन्त पन्त थिए ।











नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया