झुटो विवरण पेश गरी नागरिकता बनाउने २ जना पक्राउ
मेरोन्यूज
२०७८ साउन १४ गते १७:०७

वीरगंज । झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरीले पर्साको बहुदरमाई–२ का ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भएका बहुदरमाई–२ मा बस्ने कविता कुमारी भनिने सीता पटेललाई पक्राउ गरेको हो ।
भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते नागरिकता बनाउँदा धुरुप नक्कली बुबा बनेको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय श्रीपुरले बिहीबार वीरगंज १३ श्रीपुरस्थित डेराबाट दुवैलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया