देशभर ३४ बुँदे मागसहित शिक्षकहरू धर्नामा

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले देशभर धर्ना दिएका छन् । शुक्रबार विभिन्न पेशागत र नीतिगत माग राख्दै शिक्षकहरूले देशभर प्रदर्शन गरेका छन् ।

महासंघले ३४ बुँदे माग गर्दै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको छ । शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

यस्तै राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवारबढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग राखी नेपाल शिक्षक महासंघका केन्द्रिय स्तरका पदाधिकारीहरु माइतिघर मन्डलामा रिले अनसनमा बसेका छन् भने अन्य सम्पुर्ण स्थानीय निकायहरुमा पनि रिले अनसन बसिरहेका छन् ।

उनीहरुले आगामी बिरोधका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । जसअनुसार साउन २२ गते भक्तपुर सानोठिमी स्थित शिक्षा तथा मानवश्रोत बिकास केन्द्रमा ५०० जना शिक्षकसहित धर्ना कार्यक्रम तथा साउन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा २००० शिक्षकसहित घेराउ गर्ने महासंघका अध्यक्ष पुर्ण प्रसाद दवाडिले जानकारी दिएका छन् ।



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया