खेलाको बिचमा बसेर खोप वारि बाट पारि तार्ने रोकायाले पाए कोभिड–१९ विशिष्ट सम्मान

काठमाडौं । कोरोना महामारीमा आफ्नो ज्यानको बाजी राखेर खोलाबाट खोप तार्ने मुस्ताङको कोवाङ स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट लाल बहादुर रोकाया सम्मानित भएका छन् । मुस्ताङको कोवाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट रोकायालाई शनिवार बरबरा फाउन्डेसनले (कोभिड–१९) विशिष्ट सम्मान दिएको हो ।
नेपाल लगायत विश्व समुदायमा फैलिरहेको कोरोना भाइरसको महामारीको भयावह र त्रासदीबीच गुज्रिरहेको बेलामा स्वास्थ्य क्षेत्रमा परेको गहन जिम्मेजारीलाई वहन गरि स्वास्थ्य सहयोगीको पेशागत जिम्मेवारी भन्दा माथि उठेर न्युन स्वास्थ्य सुरक्षा अवस्थाको बाबजुत सहज गरेर जनस्वास्थ्य र मानवीय संवेदनालाई सर्बोपरि ठानी कोभिड १९ महामारीको अग्रपंतिमा रहेर निरन्तर दिएको उत्कृष्ट र प्रेरणादायी योगदानको उच्च सम्मान गर्दै रोकायालाई कन्तिनेन्टल ट्रेडिङ इन्टरप्राईजेजबाट प्राप्त सहयोगमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरेको हो । रोकायालाई पुर्व राष्ट्रपति रामवरण यादव र बारबरा फाउण्डेसनका अध्यक्ष सन्दुक रुईतले सम्मान गरेको हो ।
वर्खामा भारी वर्षाका कारण खोप लैजाने असहज भएपछि स्वास्थ्य कर्मी राकाया आफै खोलाको बिचमा उभिएर एउटा फलामको डंडिको सहायताले खोप वारीबाट पारि सारेका थिए ।
उनले कोरोनाको खोप सारेको भिडियो सवत्र भाइरल बनेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसले शेयर गरेका थिए । उनले भिडियो सियर गर्दै, ‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’ भनेका थिए ।
राकाया रुकुम जिल्लाको सानोभेरी गाउँपालिका ४ निवासी हुने, उनि विगत २ वर्षदेखि मुस्ताङमा बस्दै आएका छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया