खेलाको बिचमा बसेर खोप वारि बाट पारि तार्ने रोकायाले पाए कोभिड–१९ विशिष्ट सम्मान

काठमाडौं । कोरोना महामारीमा आफ्नो ज्यानको बाजी राखेर खोलाबाट खोप तार्ने मुस्ताङको कोवाङ स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट लाल बहादुर रोकाया सम्मानित भएका छन् । मुस्ताङको कोवाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट रोकायालाई शनिवार बरबरा फाउन्डेसनले (कोभिड–१९) विशिष्ट सम्मान दिएको हो ।
नेपाल लगायत विश्व समुदायमा फैलिरहेको कोरोना भाइरसको महामारीको भयावह र त्रासदीबीच गुज्रिरहेको बेलामा स्वास्थ्य क्षेत्रमा परेको गहन जिम्मेजारीलाई वहन गरि स्वास्थ्य सहयोगीको पेशागत जिम्मेवारी भन्दा माथि उठेर न्युन स्वास्थ्य सुरक्षा अवस्थाको बाबजुत सहज गरेर जनस्वास्थ्य र मानवीय संवेदनालाई सर्बोपरि ठानी कोभिड १९ महामारीको अग्रपंतिमा रहेर निरन्तर दिएको उत्कृष्ट र प्रेरणादायी योगदानको उच्च सम्मान गर्दै रोकायालाई कन्तिनेन्टल ट्रेडिङ इन्टरप्राईजेजबाट प्राप्त सहयोगमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरेको हो । रोकायालाई पुर्व राष्ट्रपति रामवरण यादव र बारबरा फाउण्डेसनका अध्यक्ष सन्दुक रुईतले सम्मान गरेको हो ।
वर्खामा भारी वर्षाका कारण खोप लैजाने असहज भएपछि स्वास्थ्य कर्मी राकाया आफै खोलाको बिचमा उभिएर एउटा फलामको डंडिको सहायताले खोप वारीबाट पारि सारेका थिए ।
उनले कोरोनाको खोप सारेको भिडियो सवत्र भाइरल बनेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसले शेयर गरेका थिए । उनले भिडियो सियर गर्दै, ‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’ भनेका थिए ।
राकाया रुकुम जिल्लाको सानोभेरी गाउँपालिका ४ निवासी हुने, उनि विगत २ वर्षदेखि मुस्ताङमा बस्दै आएका छन् ।









यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया