गैर सांसदलाई मन्त्री बनाउन डा.भट्टराईको दवाव

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने निश्चित भएसँगै सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई समुहले मन्त्रीमा आफ्नो भाग खोजेको छ ।
नयाँ शक्ति पार्टीबाट संघिय समाजवादी पार्टीहुँदै जसपामा आईपुगेका डा.भट्टराई समुहबाट उनिमात्रै एक्लै सांसद रहेका छन् । पूर्व प्रधानमन्त्री डा.भट्टराई आफै सरकारमा मन्त्रीको रुपमा सहभागी हुन नमिल्नेभएपछि आफ्नो समुहबाट गैर सांसदलाई मन्त्री बनाउन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दवाव दिईरहेका छन् ।
उनले आफ्नो समुहबाट दुई जना मन्त्री दावी गरिरहेका छन् । उनि सके दुई जना नसके एक जनाभएपनि मन्त्री बनाउने प्रयासमा छन् । यादव निकट स्रोतका अनुसार डा.भट्टराईले आफ्नो पत्नी एवम् जसपा नेतृ हिसिला यमीलाई मन्त्री बनाउन दवाव दिईरहेका छन् । उनले यमीलाई मन्त्री नबनाए नेता गंगा श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने आफ्नो बटमलाईन भएको बताएका छन् ।
उनले आफ्नो समुहको अस्तित्व रक्षाका लागि भएपनी मन्त्री बनाउनै पर्ने यादवसँग बताएका छन् । उनले यादवले गडबडी गर्नसक्ने भयले प्रधानमन्त्री शेरबहादुर देउवादेखी नेकपा( माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसम्मलाई त्यसका लागि वातावरण बनाईदिन आग्रह गरेको स्रोतले बतायो ।
उनले यो गठबन्धन बनाउन आफ्नो प्रमुख भूमिका रहेको भन्दै आफ्नो समुहका कुनै सांसद नरहेको परिस्थितीमा गैर सांसदलाई मन्त्री बनाउनु आफ्नो बाध्यता रहेको भन्दै सो बुझिदिन आग्रह गरेका छन् । जसपाको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव आज निर्विरोध चयन भएका छन् ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया