गुरुङ भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना

मुग्लिन । गुरुङ (तमू) जातिको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । गुरुङहरुको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो ।
पुस्तान्तरणसँगै भाषा लोप हुँदै गएको भन्दै देशभर रहेका गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ)को मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ स्थापना गरेकोे परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।
कोष स्थापनाका लागि मुख्य दाताका रूपमा तमू (गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदिको अध्ययन, अनुसन्धान गर्न र सोको संरक्षण, संवर्दन र विकास गर्ने उद्देश्यले कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम शनिबार साँझ जुम भर्चुअलमार्फत एक कार्यक्रमको आयोजना गरी कोषका मुख्यदाता ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रीय अध्यक्ष रेशमले जानकारी दिए ।
उनका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरी प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँमा आवश्यकतानुसार तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन गर्नेछ ।
यसैबीच अक्षयकोष सञ्चालनका लागि परिषद् र ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाबीच एक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । हस्ताक्षरपत्रमा परिषद्का अध्यक्ष रेशम र ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिश गुरुङले हस्ताक्षर गरेका हुन् ।
पछिल्लो समय गुरुङ समुदायमा आफ्नो भाषा, धर्म, संस्कृति वेषभुषा लोप हुँदै गएपछि विभिन्न गुरुङ संघसंस्थाले संरक्षणका लागि जोड दिएका छन् ।
















शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया