मंगलबार, वैशाख ८, २०८३

गुरुङ भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना

मेरोन्यूज २०७८ साउन १७ गते ९:२६
फाइल तस्वीर

मुग्लिन । गुरुङ (तमू) जातिको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । गुरुङहरुको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पुस्तान्तरणसँगै भाषा लोप हुँदै गएको भन्दै देशभर रहेका गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ)को मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ स्थापना गरेकोे परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।

कोष स्थापनाका लागि मुख्य दाताका रूपमा तमू (गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदिको अध्ययन, अनुसन्धान गर्न र सोको संरक्षण, संवर्दन र विकास गर्ने उद्देश्यले कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकम शनिबार साँझ जुम भर्चुअलमार्फत एक कार्यक्रमको आयोजना गरी कोषका मुख्यदाता ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रीय अध्यक्ष रेशमले जानकारी दिए ।

उनका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरी प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँमा आवश्यकतानुसार तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन गर्नेछ ।

यसैबीच अक्षयकोष सञ्चालनका लागि परिषद् र ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाबीच एक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । हस्ताक्षरपत्रमा परिषद्का अध्यक्ष रेशम र ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिश गुरुङले हस्ताक्षर गरेका हुन् ।

पछिल्लो समय गुरुङ समुदायमा आफ्नो भाषा, धर्म, संस्कृति वेषभुषा लोप हुँदै गएपछि विभिन्न गुरुङ संघसंस्थाले संरक्षणका लागि जोड दिएका छन् ।

प्रतिक्रिया