चामे-तिमाङ सडकमा सवारी आवतजावत

मनाङ । सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ ।
पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा सहज भएपछि माथिल्लो मनाङको आवतजावत सञ्चालन भएको उनले बताए । नदीलाई पहिलाकै धारमा फर्काउन सकिएकाले आवतजावतमा सहज भएको उनले बताए ।
गत असारको पहिलो साता आएको वर्षासँगै नदीमा आएको बाढीपहिराले चामेको उक्त पुल अवरुद्ध भएको थियो । पुल थुनिएसँगै नदीको बहावले चामेस्थित लोकप्रिय मावि र विद्यालय नजिकै रहेको झोलुङ्गे पुलमा नदीले कटान गरी क्षति पु¥याएको थियो । झण्डै डेढमहिना अवरुद्ध रहेको पुल खोल्नका निम्ती सशस्त्र प्रहरीको पर्वतीय उद्दार शिक्षालयको टोलीसमेत खटिएको थियो ।
अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरो र मस्र्याङ्दी नदीमा आएको बाढीका कारण लमजुङ–मनाङ सडकखण्डमध्ये सदरमुकाम चामेदेखि तिमाङसम्म मात्रै यातायात सञ्चालन भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।
अवरुद्ध सडकमध्ये जिल्लाको कोतोमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएको उनले बताए । त्यसअघि क्षतिग्रस्त सडक खण्डको स्यार्कु खोलामा अस्थायी काठे पुल राखिएको र थानचोक खोलामा ग्याबिन पर्खाल लगाएर सवारीसाधन सञ्चालन गराइएको प्रजिअ लामिछानेले जानकारी दिए । सडक पुनःनिर्माणसँगै गाउँपालिकाअन्तर्गत तिमाङ गाउँदेखि सदरमुकाम चामेसम्म पुग्न सहज भएको छ ।
बेँसीशहर–चामे सडक ट्याक खोलेको नेपाली सेनाका तत्कालीन कमाण्डर इञ्जिनीयर इन्दिवर गुरुङसहितको टोलीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेको थियो ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया