म्याद सकिएका सामान ‘रि–लेबलिङ’ गर्ने कम्पनीमा छापा, एक व्यापारी पक्राउ

काठमाडौँ । म्याद सकिएका सामान ‘रि लेबलिङ’ गर्ने विभिन्न कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । म्याद सकिएका विभिन्न सामन रि लेबलिङ गर्दै ठूला–ठूला स्टोरमा समेतमा पठाउने गरेको विषेश सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले छापा मारेको हो ।
महाशाखाको टोलीले आइतबार काठमाडौँ महानगरपालिका १५ सानो भ¥याङस्थित समिट कर्मसियल कम्पनीसहित विभिन्न कम्पनीमा छापा मारेको हो । उक्त रि लेबलिङ कार्यमा संलग्नको आरोपमा महाशाखाको टोलीले अविनाश अग्रवाललाई समेत नियन्त्रणमा लिएको छ । अग्रवालले घर नै भाडामा लिएर म्याद सकिएका सामग्री रि लेबलिङ गर्ने गरेको पाइएको छ ।
अग्रवालको कम्पनीबाट कस्मेटिक सामान, कोलिन, बडी स्प्रे, रुम स्प्रेलगायत अन्य सामग्री ठूलो परिमाणमा बरामद भएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्र कुँवेर खापुङले मेरोन्युजलाई जानकारी दिए ।
प्रहरीले विभिन्न म्याद सकिएका र म्याद सकिन लागेका विभिन्न सामानहरू बरामद गरेको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया