म्याद सकिएका सामान ‘रि–लेबलिङ’ गर्ने कम्पनीमा छापा, एक व्यापारी पक्राउ

काठमाडौँ । म्याद सकिएका सामान ‘रि लेबलिङ’ गर्ने विभिन्न कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । म्याद सकिएका विभिन्न सामन रि लेबलिङ गर्दै ठूला–ठूला स्टोरमा समेतमा पठाउने गरेको विषेश सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले छापा मारेको हो ।
महाशाखाको टोलीले आइतबार काठमाडौँ महानगरपालिका १५ सानो भ¥याङस्थित समिट कर्मसियल कम्पनीसहित विभिन्न कम्पनीमा छापा मारेको हो । उक्त रि लेबलिङ कार्यमा संलग्नको आरोपमा महाशाखाको टोलीले अविनाश अग्रवाललाई समेत नियन्त्रणमा लिएको छ । अग्रवालले घर नै भाडामा लिएर म्याद सकिएका सामग्री रि लेबलिङ गर्ने गरेको पाइएको छ ।
अग्रवालको कम्पनीबाट कस्मेटिक सामान, कोलिन, बडी स्प्रे, रुम स्प्रेलगायत अन्य सामग्री ठूलो परिमाणमा बरामद भएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्र कुँवेर खापुङले मेरोन्युजलाई जानकारी दिए ।
प्रहरीले विभिन्न म्याद सकिएका र म्याद सकिन लागेका विभिन्न सामानहरू बरामद गरेको छ ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया