कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त
मेरोन्यूज
२०७८ साउन १७ गते १६:०२

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेको जानकारी दिएको हो ।
सैनिक ऐन २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनामा क्रमभंग गर्ने प्रभुराम शर्मा को हुन् ?
मन्त्रिपरिषद्को मंगलबारको बैठकले बलाधिकृत र बलाध्यक्ष रथी शर्मालाई २६ साउनदेखि कार्यन्वयन हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित
















इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया