हेलम्बुमा पुनः आएको बाढीले २० घर बगे, ३ स्थानीय तह सम्पर्कविहीन

काठमाडौँ । मेलम्ची खोलामा पुनः आएको बाढीका कारण २० वटा घर २ वटा पुल बगेको छ । बाढीले केही बजारहरू जोखिममा परेका छन् ।
गत राति आएको बाढीले हेलम्बु गाउँपालिका २ र ६ जोड्ने पक्की पुल बगाएको छ । यस्तै, हेलम्बुको १२ ओटा पक्की र ८ ओटा कच्ची घर बगाएको सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
बाढीको उच्च जोखिममा रहेको हेलम्बु ४ को ग्याल्थुम बजार र मेलम्ची नगरपालिका ६ को सिमखेतमा रहेको बस्तीका सामानहरू नेपाली सेना र प्रहरीको सहयोगमा सार्ने काम भइरहेको छ । नगर प्रमुखले बस्ती जोगाउन चासो नदिएका कारण मेलम्ची बजार जोखिममा परेको भन्दै स्थानीयले नगर प्रमुख डम्बरबहादुर अर्यालको राजीनामा मागेका छन् ।
नगर प्रमुखविरुद्ध नाराबाजी गर्दै स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गरेका थिए । बाढीले सयौँ रोपनी खेती योग्य जमिन बगरमा परिणत गरेको छ ।
मेलम्चीदेखि माथिल्लो बस्तीमा रहेको एउटा पुल बगेसँगै हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट टुटेको छ । हेलम्बुमा रहेको रातो पुल बगेपछि हेलम्बुको वडा नं १, २ र ३, पाँचपोखरी गाउँपालिकाको १ र २ नं र मेलम्ची नगरपालिकाको ७, ८ र ११ नं वडाहरु सम्बन्ध विच्छेद भएको छ । यातायात ठप्प हुँदा खाद्यान्न ढुवानी र बिरामीहरू अस्पतालसम्म जान सकेको छैन ।
गत असार १ गते आएको भीषण बाढीका कारण ५ जनाको मृत्युु भएको थियो । अझै २० जना बेपत्ता छन् । उक्त बाढीले ५ ओटा पक्की पुल र ६ ओटा झोलुङ्गेगे पुल बगाएको थियो ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया