हेलम्बुमा पुनः आएको बाढीले २० घर बगे, ३ स्थानीय तह सम्पर्कविहीन

काठमाडौँ । मेलम्ची खोलामा पुनः आएको बाढीका कारण २० वटा घर २ वटा पुल बगेको छ । बाढीले केही बजारहरू जोखिममा परेका छन् ।
गत राति आएको बाढीले हेलम्बु गाउँपालिका २ र ६ जोड्ने पक्की पुल बगाएको छ । यस्तै, हेलम्बुको १२ ओटा पक्की र ८ ओटा कच्ची घर बगाएको सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
बाढीको उच्च जोखिममा रहेको हेलम्बु ४ को ग्याल्थुम बजार र मेलम्ची नगरपालिका ६ को सिमखेतमा रहेको बस्तीका सामानहरू नेपाली सेना र प्रहरीको सहयोगमा सार्ने काम भइरहेको छ । नगर प्रमुखले बस्ती जोगाउन चासो नदिएका कारण मेलम्ची बजार जोखिममा परेको भन्दै स्थानीयले नगर प्रमुख डम्बरबहादुर अर्यालको राजीनामा मागेका छन् ।
नगर प्रमुखविरुद्ध नाराबाजी गर्दै स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गरेका थिए । बाढीले सयौँ रोपनी खेती योग्य जमिन बगरमा परिणत गरेको छ ।
मेलम्चीदेखि माथिल्लो बस्तीमा रहेको एउटा पुल बगेसँगै हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट टुटेको छ । हेलम्बुमा रहेको रातो पुल बगेपछि हेलम्बुको वडा नं १, २ र ३, पाँचपोखरी गाउँपालिकाको १ र २ नं र मेलम्ची नगरपालिकाको ७, ८ र ११ नं वडाहरु सम्बन्ध विच्छेद भएको छ । यातायात ठप्प हुँदा खाद्यान्न ढुवानी र बिरामीहरू अस्पतालसम्म जान सकेको छैन ।
गत असार १ गते आएको भीषण बाढीका कारण ५ जनाको मृत्युु भएको थियो । अझै २० जना बेपत्ता छन् । उक्त बाढीले ५ ओटा पक्की पुल र ६ ओटा झोलुङ्गेगे पुल बगाएको थियो ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया