तुइन हटाउन र हेलम्बु बाढी पीडितलाई आवश्यक प्रबन्ध मिलाउन सरकारको निर्देशन

काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद व्यवस्थापन बैठक बसेको छ । बैठकले सिन्धुपाल्चोकका विभिन्न स्थानमा आएको बाढीले जोखिममा परेका सर्वसाधरणलाई तत्काल आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।
यस्तै, बैठकले विपदमा परेको सर्वसाधरणका लागि आवश्यक औषधि तथा सामग्री ढुवानी गर्न पुल नभएको ठाउँमा सडक सुविधा सहज बनाउन तीनै तहका सरकारी निकायसँग समन्वय गर्न गृह मन्त्रीले निर्देशन दिएका छन् । उनले नागरिकको जीवन रक्षा, उद्धार र राहतका लागि गृहमन्त्रालय प्रतिबद्ध भएको जनाएका छन् ।
यसैगरी, तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिन गृहमन्त्रीले निर्देशन दिएका छन् । गत शुक्रबार भारतीय एसएसबीले तुइन हटाइदिँदा तुइनबाट महाकाली नदी पार गरिरहेका नेपाली युवा वेपत्ता भएका थिए ।
बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्र मणि पोखरेललगायतको उपस्थिति रहेका थिए ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया