एमाले स्थायी कमिटी बैठक सोमबार पुनः बस्ने
मेरोन्यूज
२०७८ साउन १७ गते १७:२३

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सोमबार पुनः बस्ने भएको छ । आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको बैठकले सोमबार अपरान्ह ३ बजे पुनः बैठक बस्ने निर्णय गरेको छ ।
बैठकमा विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरण समबन्धमा छलफल भइरहेको छ । तर, आजको बैठकमा यो विषयमा कुनै छलफल नभएको बताइएको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रको सदस्य दाबी गर्दै सर्वोच्च अदालत गएको पूर्व माओवादी नेताहरु पनि सहभागी भएका छन् । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरू सहभागी भएका छैनन् । शनिबार बस्ने भनिएको बैठक नेपाल पक्षको आग्रहमा स्थगित गरिएको थियो ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया