बिहीबार, चैत २६, २०८२

बागलुङमा बस दुर्घटना, ११ जना घाइते

मेरोन्यूज २०७८ साउन १८ गते ९:४१

गलकोट । बागलुङमा आज बिहान यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१, सौराहमा काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नम्बरको रात्रि बस ‘ब्रेक फेल’ भई सडकको भित्तामा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया