रौतहटमा विव्यस अध्यक्ष चुयनको विषयमा झडपः ९ घाईते, २ प्रहरी नियन्त्रणमा
काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका ४स्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा परेर दुवैतर्फका नौ जना घाइते भएका छन् ।
मुख्य झगडियाको आरोपमा प्रहरीले दुवै पक्षका रामकलेवर मुखिया र दिलिप भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) ले मेरोन्युजलाई जानकारी दिए ।
‘हाल श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु हुने तयारीको क्रममा विवाद भएपछि झडप भएको हो ।’ एसपीले भने ।
सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियोमा मानिसहरुले एकअर्कालाई बाँसका भाटा प्रहार गरेको देखिन्छ । विद्यालय परिसरमा भएको यो घटना आइतबार दिउँसोको हो ।
पक्राउ परेका २ जना विरुद्ध कारवाहीको प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया