नुवाकोटको विदुर नगरपालिकामा तोडफोड

नुवाकोट । नुवाकोटको सदरमुकाममा रहेको विदुर नगरपालिकामा तोडफोड गरिएको छ । सोमबार नगरपालिकाका मेयरसँग असुन्तुष्ट पक्षले तोडफोड गरिएको जनाइएको छ ।
मेयर सन्जु पण्डीतले पञ्च वर्षीय योजना निर्माणका क्रममा आफूलाई अनुकुल हुने गरी योजना पारेपछि असुन्तुष्ट पक्षले नगरपालिकामा तोडफोड गरेका हुन् । योजना बनाउदा कांग्रेसले जितेको वडाका वडा अध्यक्षसँग छलफल नगरी मेयरले योजना बनाएकाले विवाद सुरु भएको बताइएको छ ।
यस्तै नगरपालिकाका वडा अध्यक्ष बद्री रिमाललाई हातपात गरपछि विवाद झन चर्किदै गएको थियो । दुई पक्षीय झडपमा करिब ४ जना प्रहरी घाइते भएको बताइएको छ । यस्तै, नेपाली कांग्रेसले नगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा भएको झडपमा कांग्रेस नुवाकोटकी नेतृ गिता अमात्य घाइते भएको बताइएको छ ।
नगरपालिकामा प्रदर्शनकारीले ताला लगाएपछि झडप सुरु भएको थियो । प्रदर्शनकारीले नगरपालिकाको झ्याल, सिसा र भित्रका कुर्सी लगाएतका सामान तोडफोड गरेका छन् ।
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया