नुवाकोटको विदुर नगरपालिकामा तोडफोड

नुवाकोट । नुवाकोटको सदरमुकाममा रहेको विदुर नगरपालिकामा तोडफोड गरिएको छ । सोमबार नगरपालिकाका मेयरसँग असुन्तुष्ट पक्षले तोडफोड गरिएको जनाइएको छ ।
मेयर सन्जु पण्डीतले पञ्च वर्षीय योजना निर्माणका क्रममा आफूलाई अनुकुल हुने गरी योजना पारेपछि असुन्तुष्ट पक्षले नगरपालिकामा तोडफोड गरेका हुन् । योजना बनाउदा कांग्रेसले जितेको वडाका वडा अध्यक्षसँग छलफल नगरी मेयरले योजना बनाएकाले विवाद सुरु भएको बताइएको छ ।
यस्तै नगरपालिकाका वडा अध्यक्ष बद्री रिमाललाई हातपात गरपछि विवाद झन चर्किदै गएको थियो । दुई पक्षीय झडपमा करिब ४ जना प्रहरी घाइते भएको बताइएको छ । यस्तै, नेपाली कांग्रेसले नगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा भएको झडपमा कांग्रेस नुवाकोटकी नेतृ गिता अमात्य घाइते भएको बताइएको छ ।
नगरपालिकामा प्रदर्शनकारीले ताला लगाएपछि झडप सुरु भएको थियो । प्रदर्शनकारीले नगरपालिकाको झ्याल, सिसा र भित्रका कुर्सी लगाएतका सामान तोडफोड गरेका छन् ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया