गभर्नर अधिकारी भन्छन्:- आईतबारसम्म मौद्रिक नीति आउछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबारसम्म मौद्रिक नीति ल्याउने बताएका छन् । गभर्नर अधिकारीले छिटोमा यहि शुक्रबारसम्म र ढिलोमा आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको बताएका हुन् ।
मन्त्रालयमा सोमबार अर्थसचिवको करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदाई कार्यक्रममा बोल्दै उनले आइतबार सम्म मौद्रिक नीति ल्याउने बताएका छन् ।
उनले मौद्रिक नीति रोक्न सरकारले दबाब नदिएको प्रष्ट पार्दै भने, ‘सरकारले दबाब नदिएको तर नयाँ सरकार आएपछि बजेटको आकार र बजेटका प्राथमिकता फेरिन सक्ने भएकोले केहि ढिलाई भएको हो । ’ आगामी मौद्रिक नीति ब्यबसायीलाई र अन्य कोरोना प्रभावितलाई राहत गरि आउने गर्भनर अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन् ।
अर्थसचिव परिवर्तन भएसँगै मौद्रिक नीति झनै पर धकेलिने सम्भावना बढेपनि राष्ट्र बैकले केहि दिन भित्रै मौद्रिक नीति ल्याउने तयारीमा गरेपनि अर्थसचिव परिवर्तन भएसंगै मिति पर धकेलिएको गर्भनर अधिकारीले बताए ।
अर्थमन्त्रालयबाट सचिव ढुंगानाको बिदाई, मरासिनीको स्वागत
सोही कार्यक्रम बिच अर्थसचिवको करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदा भएका छन् । महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएपछि ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका हुन् । मन्त्रालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी उनको बिदाई गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजस्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका थिए । खतिवडाकै समयमा अर्थसचिव डा. राजन खनालको अवकासपछि पुनः अर्थसचिव भएर अर्थमन्त्रालयमा आएका थिए । खतिवडापछि विष्णुप्रसाद पौडेलको कार्यकालमा पनि उनले अर्थसचिव भएर कार्यसम्पादन गरेका हुन् ।
अर्थसचिव नेपाल राष्ट्र बैंकको संचालक समितिमा पदेन सदस्य रहने भएकाले नवनियुक्त अर्थसचिव मरासिनीले सोमबार सपथ लिएकाले सहज भएको राष्ट्र बैंकले जनाएको छ ।
















4 days to HoR Election: pass arrangements for election day
रास्वपा कर्णालीका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
इरानको चेतावनी: केही बेरमै इतिहासकै खतरनाक आक्रमण सुरु हुनेछ
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्र हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया