इरानको चेतावनी: केही बेरमै इतिहासकै खतरनाक आक्रमण सुरु हुनेछ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डा र इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएको छ।
उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध अब केही बेरमै इरानी क्षेप्यास्त्रको शक्तिशाली प्रहारबाट इतिहासको सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’
उसले “यो अपरेशन शत्रुलाई निर्णायक रूपमा पराजित नभएसम्म अथक रूपमा जारी रहनेछ। यस क्षेत्रभरि रहेका सबै अमेरिकी सम्पत्तिहरू इरानी सेनाको लागि वैध लक्ष्य मानिन्छन् । ,” जनाएकाे छ ।
अमेरिका-इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको खबरलगत्तै उक्त चेतावनी दिइएको हो।
इरानका उपविदेशमन्त्री हमिद घनबारीले अल जजीरालाई भने कि इरानलाई आफ्नो रक्षा गर्ने अधिकार छ र हालको सैन्य वृद्धिबाट हुने कुनै पनि मानवीय क्षतिप्रति दुखी छ।
इरानका सञ्चारमाध्यमले इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको उल्लेख गरेका छन्।
शनिबार गरिएको हवाई हमलाबाट आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।
जवाफमा इरानले पनि शनिबारै इजरायलमा झन्डै ४०० क्षेप्यास्त्र प्रहार गर्यो भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी अड्डालाई निसाना बनायो। साथै इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि क्षेप्यास्त्र हानेको छ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया