छोरीको हत्या घटना लुकाउने बुवासहित ३ जना पक्राउ

काठमाडौँ । महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका–७ भ्रमपुराकी सुजिता ठाकुर हत्याको घटना लुकाउन उनकै बुवा कामेश्वर पाण्डेले लेनदेनको बार्गेनिङ गरेको खुलासा भएको छ ।
प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार मृतक सुजिताका बुबाले घटनाबारे जेठ २५ गते नै थाहा पाएका थिए । तर, उनले आफ्नो छोरी हत्या घटनाको अनुसन्धानमा सहयोग नगरी लेनदेन गरी बागेर्निङ गरेको प्रमाण फेला परेको प्रहरीको जनाएको हो ।
प्रहरीले घटनाको आरोपमा सुजिताका बुवा पाण्डेसहित तीन जनालाई पक्राउ गरिसकेको छ । हत्याबारे जानकारी भए पनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनका लागि बर्गेनिङ गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो । पाण्डेले घटना लुकाउन अभियुक्तसँग बार्गेनिङ गरेको प्रहरीको दाबी छ ।
प्रहरीले मृतक सुजिताको बुवा पाण्डे, भङहा नगरपालिका १ कबिलशाका अञ्जु ठाकुर (हत्याको मुख्य योजनाकार भनिएका रूपेश ठाकुरको दिदी) र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहैयाका प्रमोद मण्डल भन्ने विनोद मण्डललाई पक्राउ गरेको हो ।
हत्याको मुख्य योजनाकार भनिएका रूपेशको दिदी अञ्जुले हत्या भएकै दिन घटनाबारे थाहा पाएकी थिइन । तर, उनले कसैलाई जानकारी नगराएको अडियो रेर्कडबाट खुलेको प्रहरीले जनाएको छ । यस्तै, मण्डलले पहिले गाडिएको ठाउँबाट शव उत्खनन् गरी अर्को ठाउँमा लुकाउन सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।
गत जेठ २० गतेदेखि हराएकी २६ वर्षीय सुजिता २७ गते मृत अवस्थामा फेला परेकी थिइन । सेफ्टी ट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश विष्टले मेरोन्युजलाई जानकारी दिएका थिए ।
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया