छोरीको हत्या घटना लुकाउने बुवासहित ३ जना पक्राउ

काठमाडौँ । महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका–७ भ्रमपुराकी सुजिता ठाकुर हत्याको घटना लुकाउन उनकै बुवा कामेश्वर पाण्डेले लेनदेनको बार्गेनिङ गरेको खुलासा भएको छ ।
प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार मृतक सुजिताका बुबाले घटनाबारे जेठ २५ गते नै थाहा पाएका थिए । तर, उनले आफ्नो छोरी हत्या घटनाको अनुसन्धानमा सहयोग नगरी लेनदेन गरी बागेर्निङ गरेको प्रमाण फेला परेको प्रहरीको जनाएको हो ।
प्रहरीले घटनाको आरोपमा सुजिताका बुवा पाण्डेसहित तीन जनालाई पक्राउ गरिसकेको छ । हत्याबारे जानकारी भए पनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनका लागि बर्गेनिङ गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो । पाण्डेले घटना लुकाउन अभियुक्तसँग बार्गेनिङ गरेको प्रहरीको दाबी छ ।
प्रहरीले मृतक सुजिताको बुवा पाण्डे, भङहा नगरपालिका १ कबिलशाका अञ्जु ठाकुर (हत्याको मुख्य योजनाकार भनिएका रूपेश ठाकुरको दिदी) र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहैयाका प्रमोद मण्डल भन्ने विनोद मण्डललाई पक्राउ गरेको हो ।
हत्याको मुख्य योजनाकार भनिएका रूपेशको दिदी अञ्जुले हत्या भएकै दिन घटनाबारे थाहा पाएकी थिइन । तर, उनले कसैलाई जानकारी नगराएको अडियो रेर्कडबाट खुलेको प्रहरीले जनाएको छ । यस्तै, मण्डलले पहिले गाडिएको ठाउँबाट शव उत्खनन् गरी अर्को ठाउँमा लुकाउन सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।
गत जेठ २० गतेदेखि हराएकी २६ वर्षीय सुजिता २७ गते मृत अवस्थामा फेला परेकी थिइन । सेफ्टी ट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश विष्टले मेरोन्युजलाई जानकारी दिएका थिए ।
















चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया