निजी कम्पनीलाई सेती थुन्न दिने मुद्दामा दुवै पक्षलाई छलफलका लागि डाकियो

काठमाडाैं । पोखरा महानगरपालिकाले सेती नदी निजी कम्पनीलाई लिजमा दिने भएपछि यसविरुद्ध परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता देवका तिमल्सिनासहितले हालेको रिटउपर दुवै पक्षलाई छलफलका लागि डाकिएको हो ।
आइतबार दर्ता भएको रिटमाथि प्रारम्भिक बहसपछि उच्च अदालतल पोखराका न्यायाधीश बालकृष्ण उप्रेतीकाे एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोमबार पोखरा महानगरपालिकासहितलाई र निवेदक पक्षलाई छलफलका लागि बोलाएको हो ।
आदेशमा भनिएको छ, ‘मागबमोजिमको अन्तरिम आदेश जारी हुने, नहुने सन्दर्भमा विचार गर्दा विषयवस्तुको गाम्भीर्यताका कारण दुवै पक्षको कुरा सुनी अन्तरिम आदेशको निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई मिति २०७८/०४/२५ गत्तेको पेसी तोकी उक्त दिन ११ः०० बजे अन्तरिम आदेशको छलफलका लागि निवेदन दाबीसँग सम्बन्धित निर्णय, सम्झौता एवम् वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनसमेतका कागजात फाइल लिइ यस अदालतमा उपस्थित हुनू ।’
निवेदकहरुले सेती नदीमा साहसिक खेलका लागि र डेभिड फलमा अन्य पर्यटकीय संरचना बनाउन पोखरा महानगरपालिकाले निजी कम्पनीसँग साझेदारी गर्नु संविधान र कानूनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया