मन्त्रीमण्डलले पूर्णता नपाउँदा संसद पनि विजनेस विहीन
पुनर्स्थापनापछिका संसद बैठक औपचारिकतामा सीमित

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभालाई सरकारले विजनेस दिन आलटाल गरिरहेको छ ।
अदालतको फैसलापछि यही साउन ३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको चालु आठौं अधिवेशनमा ५ वटा बैठक बसिसकेको छ ।
आज छैटौं बैठक बस्दै छ । तर ६ वटा बैठक बस्दा समेत सरकारले विजनेस दिन सकिरहेको छैन । विभिन्न आयोगहरुको प्रतिवेदन पेश गर्ने, प्रतिनिधि सभा कै विषगत समितिका प्रतिवेलन पेश गर्ने र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची मै प्रतिनिधि सभाको बैठक अल्झिएको छ ।
मन्त्रीमण्डलले पूर्णता नपाउँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो । सभामा विधेयक टेवल गर्दा र दफावार छलफल गर्दा तालुकदार मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिनुपर्ने हुन्छ ।
तर मन्त्रीमण्डलले पूर्णता नपाउँदा जवाफ दिने मन्त्री नभए कै कारण सरकारले विधेयक अघि नबढाएको हो । अहिले प्रतिनिधि सभामा ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।
अदालतको फैसलापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार छाडेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार २९ गते सरकारको नेतृत्व सम्हालेका हुन् ।
देउवाले सरकारको नेतृत्व सम्हालेको आज २२ दिन भइसकेको छ । सत्ता गठवन्धन दलमा सहमति हुन नसक्दा सरकारको नेतृत्व सम्हालेको २२ दिन बित्दा समेत देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।
असार २९ गते देउवाले पद तथा गोपनियताको सपथ लिएकै दिन कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा पम्फा भुषाललाई नियुक्त गरेका छन् ।
त्यस यता स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । श्रेष्ठको नियुक्ति पनि सत्ता गठवन्धन दलभित्रै विवादित बनेको छ ।
संवैधानिक व्यवस्था अनुसार बढीमा २५ सदस्य रहने मन्त्रीमण्डल अहिले ६ सदस्यमा सीमित छ । अधिकांश मन्त्रालय मन्त्री विहीन हुँदा संसदमा विधेयकले गति लिन नसकेको हो ।
यसको अलवा सरकार परिवर्तन भएसँगै विधेयक ओझेलमा पर्ने परम्परागत शैली कै निरन्तरता हो । पार्टीको नीति अनुसार सरकारको दृष्टिकोण तय हुन्छ । अघिल्लो सरकारले ल्याएका विधेयक अहिलेको सरकारले स्वामित्व लिन कि नलिने भन्नेले पनि विधेयकको भविष्य निर्धारण गर्छ ।
मन्त्रीमण्डलले पूर्णता पाएसँगै सरकारले कुन कुन विधेयक वन गर्ने कुन/कुन विधेयकको स्वामित्व लिने भन्ने निर्णय गर्छ । सरकारले स्वामित्व लिन नचाहेका विधेयक फिर्ता लिन सक्छ ।
संघीय संसदका एक कर्मचारी मन्त्रीमण्डल विस्तारमा ढिलाई हुँदा प्रतिनिधि सभाको बैठक औपचारिकतामा सीमित भएको बताउँछन् । विधेयक टेवल गर्दादेखि पारित गर्दा सम्म विभागीय मन्त्रीले जवाफ दिनुपर्ने हुन्छ विधेयक ल्याउनुको कारण र औचित्य पुष्टि गर्नुपर्छ । अहिले विभागीय मन्त्री नभएका कारण पनि विधेयक अघि बढ्न नसकेको ती कर्मचारीको भनाई थियो ।
संसद बैठक बसेको दिन मर्यादापालकदेखि संसदकका कर्मचारी र सांसदले भत्ता बुझ्छन् । एउटा बैठक बस्दा लाखौं खर्च हुन्छ तर बैठक औपचारिकतामा सीमित हुँदा त्यो खर्च औचित्यहीन भएको हो ।
आजको बैठकको कार्यसूची यस्तो छ ।


















मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया