के दीगो विकासका लक्ष्य निर्धारित समयमै पूरा हाेलान् ?
अर्थ जानकार नवराज गौतम भन्छन्, – ‘समृद्धिका योजनाको कार्यान्वयन अस्थिर देखिए, लक्ष्य पूरा हुनेमा आशंका छ ।’
विकासका लक्ष्य
- अति गरिबी र भोकमरी (गरिबी र भोमरीका लागि तयार पारेका कार्यक्रम स्थिर देखिँदैन)
- सबैलाई शिक्षा (सन् २०१५ सम्म नभएको नेपालमा प्राथमिक विद्यालयमा भर्ना हुनेमा सबैले त्यो तह पार गरेको सुनिश्चित गर्न सन् २०२० सम्म कुर्नु पर्ने छ ।)
- लैंगिक समानता प्रवद्र्धन तथा महिला सशक्तीकरण (लैंगिक समानता तथा सामाजिक समावेशीकरण निर्देशिका २०७७ अनुसार कार्य अघि २०२० आमूल परिवर्तन)
- बालमृत्युदर (कुपोषण र बालमृत्युदर ग्रामिण क्षेत्रमा विभिन्न कार्यक्रमद्वारा सचेत)
- स्वास्थ्य (मातृ स्वास्थ्य र एच.आई.भी. एड्स तथा मलेरिया)
- वतावरणीय दीगोपन (नेपालमा वायुप्रदूषण, रुख रोपौंलाई प्राथमिकता, काठमाण्डौं लगायत विभिन्न शहरमा वायु कै कारण रोगी)
- विकासका लागि साझेदारी (नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि अभियान)
- नेपालले शिशु र मातृ मृत्युदर घटाउने, प्राथमिक शिक्षामा सबैको पहुँच पुर्याउने लक्ष्य फेला पारेको आयोगको दाबी छ । जसको अन्तर्राष्ट्रियस्तरबाट नै प्रशंसा गरिएको छ ।
दीगो विकासमा नेपालको लक्ष्य
- गरिबी घटाउने
- समतामूलक र गुणस्तरीय शिक्षा
- महिला हिसांको अन्त्य
- जलवायू परिवर्तन, वातावरण व्यवस्थापन
- दीगो उत्पादन तथा उपयोग
- ऊर्जा विकास, वैकल्पिक र नविकरणीय ऊर्जाको प्रयोगमा जोड
- समावेशी, समन्यायिक र समतामूलक विकास
- सुरक्षित खानेपानी, सबैका लागि खानेपानीमा पहुँच
- स्वास्थ्य सुविधा हरेक नागरिकमा पुर्याउने
- सबैका लागि शिक्षा
- पारिस्थितिक प्रणालीको संरक्षण
१५ औँ योजनामा सहश्राव्दी लक्ष्यलाई प्राथमिकता दिँदै एक वर्षपछि अर्थात् २०७९ सम्ममा नेपाललाई अतिकम विकसित राष्ट्रमा स्तरोन्नति गर्नुपर्ने उल्लेख छ । यो पूरा हुनेमा शंका व्यक्त गर्छन् अर्थजानकार ।
अर्थजानकार एवं अर्थ विषयका उप्राध्यापक नवराज गौतम विसं २०८०÷८१ सम्म सहश्राब्दी विकास लक्ष्य पूरा नहुने ठोकुवा गर्छन् । उनले भने, ‘नेपालमा अति गरिब र भोकमरी नियन्त्रणका लागि ल्याएका योजना अस्थिर रहे, उदाहरणका लागि कोरोनाले गर्दा भएका लकडाउन, निषेधाज्ञामा खुला चौर, बाटामा लाइन लगाएर केहीलाई खुवाउँदैमा, हट्दैन, केही गर्नेलाई सहज वातावरण तयार नगरे केही दिन प्रचारमा आउन देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ, प्रत्येक वर्ष जनसंख्याका हिसाबले १ प्रतिशत गरिबी तथा भोगमरीको मारमा पर्ने तत्थ्यांक हुँदा सरकारले उन्नतिमा ध्यान दिएको देखिदैन ।’
गौतमले थपे, ‘सहश्राब्दी विकास लक्ष्य र दिगो विकासका लक्ष्यमा भिन्नता भएकाले पनि दुवै अघि लैजाँदा योजनाअनुसारको प्रगति नभएको हो ।’
त्यसो भए शिशु र मातृ मृत्युदर घटाउने, प्राथमिक शिक्षामा सबैको पहुँच पुर्याएको भन्दै अन्तराष्ट्रियस्तरबाट किन प्रंससा पायो ? भन्ने प्रतिपश्नमा उनले भने, ‘सहश्राब्दी विकास लक्ष्यका बुँदा भन्ने बजेटमा भएर रकम छुट्टाएर नभई विकासका काम कर्तव्यलाई यसको लक्ष्य भनेर घोषणा गरेका पनि केही बुँदामा भएको सुधारलाई यसको मुद्धा बनाएकामा दुविधा छैन ।’
दिगो विकास र सहश्राब्दी विकासमा भिन्नता
सहस्राब्दी विकास लक्ष्यमा ८ लक्ष्य, २१ सूचक र ५० भन्दा बढी सहायक सूचक थिए भने दीगो विकास लक्ष्यमा १७ लक्ष्य, १६९ सूचक र २३९ वटा सहायक सूचकहरू समावेश छन् । दीगो विकास लक्ष्यले सन् २०३० सम्म विश्वको गरिबीलाई ‘जिरो’ बनाउने महत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ ।
- दीगो विकास लक्ष्यले ‘हाइ टेक्नोलोजी पिलर’मा काम गर्नुपर्छ ।
- सहश्राब्दी विकास लक्ष्य धनी राष्ट्रले गरिब राष्ट्रलाई अनुदानसहायता दिने मोडेलमा तयार गरिएको हो ।
- सहस्राब्दी विकास लक्ष्यले गरिबी र भोकमरीलाई बढी केन्द्रित गरेको छ भने दीगो विकास लक्ष्यले यसको साथै ऊर्जा, पर्यावरणीय पक्ष, समावेशी र सन्तुलित विकास, गुणस्तरीय शिक्षालाई राखेको छ ।
- दीगो विकास लक्ष्य विश्वव्यापी सहभागितामूलक सुझावको आधारमा तयार गरिएको छ भने सहस्राब्दी विकास लक्ष्य सीमित सहभागिताको आधारमा तयार गरिएको थियो ।
- दीगो विकास लक्ष्य सहश्राब्दी विकास लक्ष्यसँग सम्बन्धित छन् । एउटा प्राप्त गर्न अर्कोसँग सम्बन्ध बढावा दिनुपर्छ ।
- दीगो विकास लक्ष्यमा राष्ट्रले आफैँ स्रोतसाधन परिचालन गर्नुपर्छ ।
- सहश्राब्दी लक्ष्यले सामाजिक परिमाणात्मकलाई ध्यान दिएको छ ।
- दीगो विकास लक्ष्यले विकासमा मानवअधिकारको पक्षलाई अंगालेको छ ।
- सहश्राब्दी विकास लक्ष्य र दिगो विकास लिएको नेपालजस्तो अल्पविकसित राष्ट्रलाई पूरा गर्न गाह्रो छ ।
सहश्राब्दी विकास लक्ष्य भनेर योजना आयोगले बजेट छुट्टाउन सुझाब दिएपनि लक्ष्य पूरा गर्न विकासको मुख्य पाटो भएकाले विभिन्न क्षेत्रबाट बाधा देखिएको छ ।
दशक लामो सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता र शान्ति पुनःस्थापना, संविधान लेखन र राज्य पुनःसंरचनाजस्ता मुख्य राष्ट्र्रिय राजनीतिक एजेन्डा हाबी रहे पनि सहश्राब्दीका बुँदामा भने प्रगति देखिएको छ ।
द्वन्द्वका बोलामा समेत विकासका काम ठप्प भएका थिएनन् । तर त्यपछि लगानी र उत्पादनमा ठूलो असर परेकाले सहश्राब्दी विकास लक्ष्यमा अपत्यारिलो बाधा खडा भएको छ ।
योजना आयोगका योजना अधिकारी गणेश घिमिरेले सन् २०१५ सम्मको सहश्राब्दी विकासका लागि सरकारले कमीकमजोरी औंल्याउँदै दिगो विकासमा लाग्न सरकार लागेको अघि बढेको बताए । उनले भने, ‘विकासका लागि अर्थमन्त्रालय, विभिन्न मन्त्रालय र स्थानीयस्तरमा पुगेपनि यसपाली अपांगता भएका व्यक्ति तथा महिलाका सवाललाई प्राथमिकता दिएको छ ।’
सहश्राब्दी विकास लक्ष्यका ८ बुँदामा हालसम्म ४ पूराभएको उनले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसँग सम्बद्ध अधिकांश लक्ष्यहरु पूरा भइसकेको छ । सहश्राब्दी विकास लक्ष्य ५ अन्तर्गत गर्भनिरोधक साधनको प्रयोगदर एवं परिवार नियोजनको आवश्यकता र लक्ष्य ६ अन्तर्गत एन्टी रेट्रोभाइरल कम्बिनेसन थेरापी प्राप्त गर्ने एचआईभी संक्रमित उपचार प्रगति राम्रो छ ।
विभिन्न विषयको खर्चले लक्ष्य भेट्छ
२०६८ सालको जनसंख्या २ करोड ६८ लाख २० हजार ६०९ रहेकोमा गत बुधबार ३ करोड ६९० पुगेको छ । जनसंख्या बढ्दै गर्दा घरायसी इन्धन मट्टितेल, ग्याँसमा प्रयोग बढ्दै गएको छ ।
तत्थ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौंलागाईले सहश्राब्दी विकास लक्ष्य र दिगो विकासका लागि नै यति खर्च भयो भनेर छुट्टाउन नसकिने बताए । उनले विकासका विभिन्न उपशीर्षकहरु भएकाले सहश्राब्दी पूरा हुने अवधिका आधारलाई केलाउनुपर्ने बताए ।
लक्ष्य समापन समय अझै १२ वर्ष रहेकाले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया