दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु
मेरोन्यूज
२०७८ साउन १९ गते २१:५५

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ । श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दक्षिण सुडानमा आफ्नो कार्यकाल समाप्त गरी नेपाली शान्ति सैनिकको पहिलो, दोस्रो र अन्तिम टोली क्रमशः २०, भदौ ९ र ३० गते स्वदेश आइपुग्ने कार्यक्रम छ । कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएको अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ को स्वास्थ्य मापदण्ड पूरा गरिएको सेनाले जनाएको छ ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया