दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु
मेरोन्यूज
२०७८ साउन १९ गते २१:५५

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ । श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दक्षिण सुडानमा आफ्नो कार्यकाल समाप्त गरी नेपाली शान्ति सैनिकको पहिलो, दोस्रो र अन्तिम टोली क्रमशः २०, भदौ ९ र ३० गते स्वदेश आइपुग्ने कार्यक्रम छ । कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएको अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ को स्वास्थ्य मापदण्ड पूरा गरिएको सेनाले जनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया