युएई सरकारद्वारा नेपाल र भारतसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने निर्णय

नयाँ दिल्ली । संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो ।
यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् । यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , “यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।”
तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ । मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन । संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो ।
















कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया