मकवानपुरमा भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माण

हेटाैंडा । २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म ३७५ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौंडाका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ सम्म जिल्लाभित्र कूल ३७५ विद्यालयको कूल एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएको हो ।
मकवानपुरका तत्कालीन अवस्थामा रहेको कूल ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पुर्याएको थियो ।
तीनवटा मोडालिटीमा क्षति पुगेका विद्यालयको पुनर्निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइरहेको हेटौंडास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख बद्री पाठकले जानकारी दिए ।
पुनर्निर्माण सम्पन्न भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने ३१३, सङ्घसंस्थाको सहजीकरणमा ३२ र जापान सरकारको ऋण सहयोग (जाइका) र एशियाली विकास बैंक (एडीबी)का तर्फबाट ३४ वटा छन् ।
विद्यालयमा कक्षाकोठाबाहेक १४९ विद्यालयमा शौचालय व्यवस्थापन र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन सम्पन्न गरिएको छ ।
पहिलो मोडालिटीअनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय भवनतर्फ ३१३ विद्यालय भवनको एक हजार २६ कक्षाकोठा, १४९ शौचालय र ८४ विद्यालय खानेपानी कार्यक्रम रहेको छ ।
सोमध्ये आव २०७३/७४ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा र २०७४/७५ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।
आव २०७५/०७६ (प्रथम) मा ६५ विद्यालय भवनका २०० कक्षाकोठा, आव २०७५/०७६ (दोस्रो)मा ५१ विद्यालय भवनका १५३ कक्षाकोठा तथा ७० शौचालय निर्माण भएको थियो ।
यस्तै २०७६/०७७ मा ६१ विद्यालय भवनका २०५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको थियो । उक्त कार्यक्रम आव २०७७/०७८ मा निर्माण भएको कार्यालयले जनाएको छ । यस्तै आव २०७७/०७८ का लागि थप आठ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भइआएको थियो ।
जाइका र एडीबीका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत ठेक्का सम्झौता भएका गरी कूल ५६ विद्यालयका ७०० कक्षाकोठा बोलपत्र प्रक्रियाबाट निर्माण हुने क्रममा रहेको छ ।
त्यस्तै संघसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २२१ कक्षाकोठा निर्माण भएको थियो ।
एकाइका प्रमुख पाठकका अनुसार आव २०७७/०७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कूल ४०९ विद्यालय भवनका एक हजार ९४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकामा ३७५ विद्यालयका एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।
त्यसैगरी १४९ शौचालय र ८२ विद्यालयमा खानेपानी व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । हाल ३४ विद्यालयका २८२ कक्षाकोठा निर्माणाधीन छन् ।
हाल एडिबीको ऋण सहयोगमा थप चार विद्यालय निर्माणका लागि बोलपत्र प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ ।
यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालय (शिक्षा) को खर्च प्रगति उल्लेखनीय भएको पाइएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को भौतिक प्रगति ९८.२० प्रतिशत रहेको जनाएको छ ।
यसैबीच जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयमध्ये १३८ विद्यालयमा जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पहुँच नपुगेको र आवश्यकता नभएका जस्ता कारण भौतिक निर्माण कार्यक्रम समावेश गर्न सकिएको अवस्था छैन ।
विसं २०७२ वैशाख १२ गते शनिबार आएको सो भूकम्पबाट जिल्लामा ४६ सरकारी भवन, ६५ स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठमन्दिरहरूमा क्षति भएको थियो ।










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया