शनिबार, माघ १७, २०८२

स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने

मेरोन्यूज २०८२ माघ १७ गते १३:१४

काठमाडौं। नेपाली खेलकुद र प्रविधि क्षेत्रमा एउटा नयाँ आयाम थप्दै नेपालकै पहिलो स्पोर्टस् बेस डिजिटल प्लेटफर्म (OTT) प्लेटफर्म ‘STYX NEPAL’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको हो ।

यसैबीच, विश्वभरका क्रिकेट प्रेमीहरूको ढुकढुकी मानिने टि-२० वर्ल्डकप यसपटक STYX NEPAL मार्फत नेपालभर प्रत्यक्ष प्रसारण गरिने जानकारी कम्पनीले दिएको छ ।


आगामी माघ २४ गतेबाट सुरु हुने यस विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा सहजै हेर्न सक्नेछन् ।

STYX नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले भने, “हामी नेपाली खेलकुद क्षेत्रमा एउटा डिजिटल क्रान्ति ल्याउन चाहन्छौं । टि-२० वर्ल्डकप जस्तो ठूलो उत्सवलाई नेपाली खेलप्रेमीहरूको पहुँचमा पुर्‍याउन पाउनु हाम्रा लागि गर्वको कुरा हो । ईसेवा जस्ता सजिला भुक्तानी माध्यमको प्रयोगले दर्शकहरूलाई थप सहज हुने हाम्रो विश्वास छ ।’

प्रतिक्रिया