स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं। नेपाली खेलकुद र प्रविधि क्षेत्रमा एउटा नयाँ आयाम थप्दै नेपालकै पहिलो स्पोर्टस् बेस डिजिटल प्लेटफर्म (OTT) प्लेटफर्म ‘STYX NEPAL’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको हो ।
यसैबीच, विश्वभरका क्रिकेट प्रेमीहरूको ढुकढुकी मानिने टि-२० वर्ल्डकप यसपटक STYX NEPAL मार्फत नेपालभर प्रत्यक्ष प्रसारण गरिने जानकारी कम्पनीले दिएको छ ।
आगामी माघ २४ गतेबाट सुरु हुने यस विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा सहजै हेर्न सक्नेछन् ।
STYX नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले भने, “हामी नेपाली खेलकुद क्षेत्रमा एउटा डिजिटल क्रान्ति ल्याउन चाहन्छौं । टि-२० वर्ल्डकप जस्तो ठूलो उत्सवलाई नेपाली खेलप्रेमीहरूको पहुँचमा पुर्याउन पाउनु हाम्रा लागि गर्वको कुरा हो । ईसेवा जस्ता सजिला भुक्तानी माध्यमको प्रयोगले दर्शकहरूलाई थप सहज हुने हाम्रो विश्वास छ ।’
















कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया