सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा ६० करोड ५९ लाख ५४ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए ।
कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व संकलन गरेको हो । भारतबाट भित्रिएका खाद्यान्न र अन्य सामग्रीबाट भन्सार काटेर सो राजस्व संलन गरिएको भन्सार अधिकृत दत्तले बताए ।
कार्यालयले जिल्लाको मुख्य नाका तथा अन्य शाखा नाकाहरु हुँदै भारतबाट आयात भएका खाद्यान्न तथा अन्य विभिन्न सामग्रीबाट मात्रै सो राजस्व संकलन गरेको हो । कोरोना संकमणपछि जिल्लाको नेपाल–भारत सीमामा रहेका सातवटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेका छन् ।
मुख्य भन्सार नाका भएर सामानहरु तुलनात्मकरूपमा कम भित्रिँदा पनि राजस्वमा वृद्धि भएको छ । सिमानामा सुरक्षा व्यवस्था कडा पारिएकाले सामान कम भित्रिए पनि राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दत्तले बताए । रासस

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया