एफएनसीसीआईद्वारा सीएनआईका नवनिर्वाचित पदाधिकारीको स्वागत
संस्थागत सहकार्य र कार्यगत एकतामा दुवै संस्थाद्वारा जोड

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरुले सो कुरामा जोड दिएका हुन ।
महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीको सम्मानमा महासंघमा गरेको स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखेका थिए ।
उनले सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण हामी सवैको साझा चासो भएकाले हामीले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा जोड दिए । दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं, अध्यक्ष गोल्छाले भने, ‘हामीले आउने दिनमा अझ बढी सहकार्यका हात अगाडि बढाउनै पर्छ ।’
मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडी बढाएको मेक इन नेपाल अभियानलाई कहाँ र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ पहल गर्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए ।
कार्यक्रममा सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुु कुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास दिलाए ।

अध्यक्ष अग्रवालले निजी क्षेत्र बीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिंदै भने, ‘अवका दिनमा हाम्रा प्राथमिकताका क्षेत्र पहिचान गरेर अगाडी बढ्नै पर्छ, निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्य बाहेक अर्को केही हुदैन ।’
निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्था बीच साझा एजेण्डा तय गरेर अगाडी जानुपर्नेमा सो अवसरमा जोड दिइयो । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्रनै निर्माण गरेर जान सकिने धारणा व्यक्त गरियो । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा पनि सहमती जनाइयो ।
कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका इस्यूमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुु पर्नेमा जोड दिइयो ।
















भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र गर्याे सकुशल उद्धार
बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रतिक्रिया