प्रहरी परीक्षामा सहभागी भएका नक्कली परिक्षार्थी पक्राउ

काठमाडौं । प्रहरी जवान पदको परीक्षामा सहभागी भएका नक्कली परिक्षार्थीसहित ६ जना पक्राउ परेका छन् । १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी भएका नक्कली परिक्षार्थीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यायल मोरङले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर जिल्लाका पौवादुङ्मा गाउँपालिका ६ बस्ने २३ वर्षीय सुर्य राई, १९ वर्षीय सागर राई, २२ वषीय संगम राई, धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका ८ बस्ने १९ वर्षीय सरोज राई, धनकुटा जिल्ला शहिदभूमि गाउँपालिका ३ बस्ने २१ वर्षीय खपाङ राई र साँगुरीगढी गाउँपालिका ८ बस्ने २७ वषीय राज कुमार राई रहेका छन् ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका ६ बस्ने २३ वषीय सुर्य राई ले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राई, रागर राइबाट एकलाख अठार हजार रुपैया र सरोज राईबाट दुईलाख लिएका थिए ।
उक्त कार्यमा संलग्न ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएकोमा शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया