राष्ट्रिय परीक्षा वाेर्डको परीक्षा अन्योलमा
वैकल्पिक माध्यमको माग गर्दै विद्यार्थी, एनईबी भन्छ : तोकिएको समयमा नै परिक्षा गर्छौ
विद्यार्थीको मनस्थिती बुझेर व्यवस्थापन गर्न सक्ने हकमा परीक्षा सञ्चालन गरौ : शिक्षाविद्
![](https://meronews.com/content/static/2021/07/bhaktapur-school2-1608119512-1.jpg)
काठमाडौं । कोरोना महामारीबाट गुज्रिरहेको समयमा परीक्षा सञ्चालन गर्नु उचित छ या छैन ? भन्ने विषयमा विद्यार्थी, अविभावक, शिक्षक र सारोकारवालाबीच ठुलो वहस सिर्जना भएको छ । कोरोना महामारीका कारण ढिलाई भएका परीक्षाहरु अब सञ्चालन गर्ने/नगर्ने दुई थरी धारणाले प्राज्ञिक क्षेत्रमा मात्र होइन, सामाजिक सञ्जालमै समेत छताछुल्ल बहस छ । तर बढी मात्रामा परीक्षा रद्ध हुनुपर्छ भन्ने खालका विचारहरुनै पोखिएका छन् ।
शिक्षा मन्त्रालयको १२ कक्षाका परीक्षार्थीलाई कक्षामा भौतिक रुपमा उपस्थित गराएरै परिक्षा सञ्चालन गराउने निर्णय यथावत नै छ । सरकारको निर्णय अनुरुप नै राष्ट्रिय परीक्षा बोर्डले समेत जुन विद्यालयमा पढेको हो त्यही विद्यालयमा परीक्षा गराउन साउन ३१ देखि भदौ ९ सम्म परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । तर नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गत १८ साउनमा पुर्वनिर्धारीत परीक्षाहरु स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने बताएसँगै उक्त विषय वहसमा तानिएको हो ।
![](https://meronews.com/content/static/2021/08/education_1608043712.jpeg)
वहसमा तानिएको उक्त विषयमा कोरोना विरुद्धको खोप पछि नै परीक्षा गर्नुपर्छ भनेर धेरै परिक्षार्थीहरुले आफ्नो विचार राखेका छन् । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले समेत कोरोनाको खोपपछि नै परीक्षा लिनु उचित हुने धारणा व्यक्त गरेका थिए । कतीपय परीक्षार्थीहरु शैक्षिक शत्र खेर जाने डरले परीक्षालाई तोकिएको समयमा नै गर्नुपर्छ भन्दै आएका छन् । तर सरोकारवाला पक्षले के निर्णय गर्छ ? भन्ने विषयप्रति विद्यार्थी, अविभावक, शिक्षक र सरोकारवालाहरुको चासोको विषय बनेको छ ।
प्रष्ट धारणा नआउने तर विद्यार्थीहरुको मनोविज्ञान नै तरंगित हुने गरी धारणाहरु सार्वजनिक मात्रै भईदिँदा विद्यार्थीहरुमा भने मनोवैज्ञानिक असर पारेको छ । परीक्षाको अन्यौलताले विद्यार्थीहरु भने अप्ठ्यारोमा गुज्रिन परेको छ ।
सरकारले निर्देशन गरेको मितिमा नै परिक्षा सञ्चालन गर्ने राष्ट्रय परिक्षा वार्डका प्रवक्ता जंग बहादुर अर्यालले जानकारी दिए । उनले भने, ‘ सरकारले साउन ३१ गतेबाट परिक्षा सञ्चालन गर्न निर्देशन दिएको छ, त्यहि निर्देशन अनुसार हामी परिक्षाको तयारीमा लागि परेका छौ ।’
विद्यार्थीहरुको आवाजबारे केही छलफलका लागि कोरोना (कोभिड १९) संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले राष्ट्रिय परीक्षा वोर्ड र शिक्षा मन्त्रालयबीच छलफल गरिरहेको छ । यसअघि जेठ २६ मा तय भएको परीक्षा कोरोनाको दोस्रो लहर सुरु भएपछि रोकिएको थियो ।
वैकल्पिक माध्यमको माग गर्दै विद्यार्थी
कोरोना महामारीबाट शारीरिक रुपमा मात्रै नभई मानसीक रुपमा समेत ग्रसित छन्, यतिवेला विद्यार्थीहरु । कोरोनाको पहिलो चरणदेखि नै चपेटामा परेको विद्यार्थीहरुले दोस्रो लहरको अन्त्य सम्म समेत चपेटाबाट उम्कन सकेको छैन । सरकारले विभिन्न पक्षबाट जोगाउन खोजेपनि आफ्नो ३ शैक्षिक शत्र खेर गएको विद्यार्थीहरुले बताउदै आएका छन् ।
परीक्षा हुन्छ कि हुँदैन भन्ने विषयलाई लिएर आफुहरु सधैजसो मर्कामा परेको एक विद्यार्थीले बताए । उनले भने, ‘हामी कक्षा १२ मा पढ्ने विद्यार्थी हौं, सरकारले परीक्षा सञ्चालन गर्न त निर्देशन दिएको छ तर यस्तो विषम परिस्थितीमा कसरी भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन सम्भव छ ? यो विषयमा अझै अज्ञात छौ । परिक्षा सञ्चालन त हुनुपर्छ तर त्यसको जिम्मा सरकारले लिनुपर्ने हुन्छ । हामीले यसैपनि धेरै शैक्षिक वर्ष खेर फालेका छौं । अनलाईन पद्धतिबाट हुने क्षेत्रमा अनलाईनबाट र भौतिक रुपमै हुने क्षेत्रमा भौतिक रुपमै सञ्चालन गर्नुपर्छ हैन भने कोरोनाको खोपपछि मात्रै परीक्षा सम्भव छ ।’
यस्तै यस्तै प्रतिक्रियाहरु धेरै विद्यार्थीहरुले सामाजिक सञ्जालमार्फत पोखेका छन् । तर विद्यार्थीको पक्षमा रहेर वा विपक्षमा रहेर के निर्णय गर्ला सबैको जिज्ञासाको रुपमा गढिएको छ ।
खोपपछि परिक्षा सञ्चालन गर्नुपर्छ : अविभावक संघ
विद्यार्थीहरुलाई खोपको व्यवस्थापनको माग गरेको तर सरकार पक्षबाट कुनै सुनुवाई नहुँदा यो आवस्था सिर्जना भएको अविभावक संघका अध्यक्ष केशव पुरीले मेरोन्युजलाई बताए । उनले भने, ‘हामीले पहिले पनि सानासाना विद्यार्थीदेखि कलेज सम्म पढ्ने विद्यार्थीहरुका लागि कोरोना विरुद्धको खोप लगाउनुपर्छ भन्दै माग गर्दै आएका छौं । तर राज्य यो विषयमा गम्भिर भएन । अहिले १२ कक्षाको परीक्षा हुँदै छ । १२ कक्षाको परीक्षा भनेको अन्तराष्ट्रिय स्तरमै दाजिने परिक्षा हो । त्यसकारण यो विषयमा गम्भिर हुनु आवश्यक छ । तर राज्य यो विषयमा गम्भिर भएको देखिदैन, परीक्षा लिंदै गर्दा विद्यार्थीलाई कसरी सुरक्षीत राख्ने भन्ने विषयमा सोचेकै छैन । विद्यार्थीको स्वास्थ्यको ग्यारेन्टी लिएर परीक्षा लिनको लागि सरकारको कुनैपनि एजेण्डा छैन, अनि योजना पनि आएको छैन ।’
![](https://meronews.com/content/static/2021/08/keshab-puri.jpg)
अविभावकका लागि विद्यार्थीको शरीर भन्दा ठुलो परीक्षा नरहेको अध्यक्ष पुरीले बताए । उनले विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएर मात्रै परीक्षा सञ्चालन गर्न सुझाएका छन् । ‘सरकारले विभिन्न निकायमा खटिने फ्रन्टलाईनरहरुलाई कोरोनाको खोप लगाउने व्यवस्था गरेको छ तर विद्यार्थीहरुको बारेमा सोचिएन । विद्यार्थीहरु सथै भेला भएर बस्छन्, उनिहरु नै भिडभाडमा हुन्छन् तर विद्यार्थीको लागि सरकारले कुनै चासो देखाएको छैन । एकजुट भएर एकै ठाउमा भेला भएर, अझ भनौ, एउटै कक्षा कोठामा बसेर विद्यार्थीहरु कसरी सुरक्षीत हुन्छन् ? हाम्रो समेत यो प्रश्न छ । विद्यार्थीहरु परीक्षा केन्द्रमा कसरी सुरक्षीत हुने भन्ने कुनै पनि मापदण्डहरु आएको छैन । विद्यार्थीहरुको शैक्षिक सत्र समेत हानी नहुने गरी, विद्यार्थीको स्वास्थ्यको मापदण्डहरु तोकेर परिक्षा सञ्चालन गर्नु आवश्यक छ र विद्यार्थीहरुको सुरक्षाको जिम्मेवारी लिएर मात्रै परीक्षा सञ्चालन गर्नु पर्छ । जबसम्म खोप विद्यार्थीहरुले पाउँदैनन्, तवसम्म स्वास्थ्य मापदण्डका साधनहरु वा प्रविधिहरु प्रयोग गरिदैन तबसम्म परीक्षा लिन पाउँदैन । अविभावका लागि शरीरभन्दा ठुलो परिक्षा होईन ।’ अध्यक्ष पुरीले भने ।
विद्यार्थीको मनस्थिती बुझेर व्यवस्थापन गर्न सक्ने हकमा परिक्षा सञ्चालन गरौ : पुर्वसचिव मैनाली
![](https://meronews.com/content/static/2021/07/gopinath-mainali.jpg)
विद्यार्थीको जिवनभन्दा ठुलो परीक्षा नरहेको नेपाल सरकार शिक्षा मन्त्रालयका पुर्वसचिव गोपिनाथ मैनालीले बताए । उनले भने, ‘मैले पटक पटक भन्दै आएको छु, पहिलो जिवन हो, दोस्रो परीक्षा । त्यसकारण सुरक्षा सावधानीहरु अवलम्बन गर्न सकिन्छ भने पोहोरकै शैलीमा परीक्षा लिदाँ हुन्छ, पोहोर सामान्य अवस्था नै हुन लागेको थियो तर अहिलेको अवस्थालाई हेर्दा कोरोनाको संक्रमण दर बढेर गएको छ र परीक्षा सञ्चालनको लागि धेरै ढिला भएको त छैन । पोहोर पनि हामीले ढिलै परीक्षा लिएका थियौ । तर अहिलेको अवस्थामा समेत सबै क्षेत्रमा एकै नासको संक्रमण दर छैनन्, कतै संक्रमण दर बढ्दो छ त कतै घट्दो त्यसकारण संक्रमण दर थोरै भएको क्षेत्रमा परीक्षा सञ्चालन गर्ने र धेरै संक्रमण दर भएको क्षेत्रमा धेरै सुरक्षा मापदण्डहरु अपनाएर परिक्षा सञ्चालन गर्नु उपयुक्त हुन्छ की जस्तो मान्छु ।’
उनले जोडे, ‘यदी सारै असहज भयो, परिक्षार्थीहरु समेत तनाबमा परीक्षा दिन आउनुपर्ने आवस्था भयो र उनीहरुले परीक्षा राम्रो गर्न सक्दैनौ भन्ने बोध भयो र परीक्षा व्यवस्थापन गर्ने निकायहरु, संलग्न हुने शिक्षक, निरिक्षकहरु, गार्डहरुलाई समेत जोखिम हुन्छ भने यसलाई केही पर धकेल्दा पनि हुन्छ तर सधै पर धकेलेर पनि हुँदैन, एक पटक पर भन्दा त यो अवस्था छ भने पटक पटक पर धकेलीरहनु आवश्यक छैन । विद्यार्थीको तानव पनि हेर्नुपर्यो र जोखिम पनि हेर्नुपर्यो ।’
विद्यार्थीहरुले अनलाईन पद्धतिबाट परीक्षाको माग गरेका छन्, त्यो सम्भव होला ? भन्ने प्रश्नमा पुर्वसचीव मैनालीले भने, ‘अनलाईन परीक्षा दिनका लागि नेपालमा कत्तिको सम्भव छ त्यो हेर्नुपर्छ, सबै क्षेत्रमा अनलाईनको पहुँच छ या छैन ? बुझ्नु आवश्यक छ, हामीले पोहोर प्रश्नपत्रहरु अनलाईनबाटै पठाउने काम गरेका थियौ, अहिले पनि प्रश्नपत्रहरु पहिलेकै अनुरुप पठाउँदा हुन्छ तर परीक्षा नै अनलाईनबाट गर्न सक्ने स्थिती अहिले छैन, सबै क्षेत्रमा अनलाईन पहुँचका लागि पुर्वाधारहरु विकास भईसकेको मलाई लाग्दैन ।’
उनले भने, ‘किनभने विद्यार्थीहरु घरभित्र बसिरहेको भन्नाले घरमै बसिरहेका छैनन्, उनीहरु कुनै न कुनै तरिका र तवरबाट बाहिर निस्किएका छन्, जसकारण सुरक्षा सावधानी कसरी अवलम्बन गर्न सकिन्छ ? त्यो विषयमा मनन गर्नु आवश्यक छ । सावधानी अवलम्बन गर्न सकियो र विद्यार्थीहरु मानसिक रुपमा तयार भएर बसेका छन् भने परीक्षा सञ्चालन गर्न उचित छ । तर विद्यार्थीलाई तनावमा समेत राख्नु भएन र जोखिमको बिच परीक्षा सञ्चालन गर्न पनि भएन ।’
वैकल्पिक माध्यम खोज्दै सरकार
सरकारपक्षहरु परीक्षालाई स्थागन गर्ने भन्दा पनि बढी वैकल्पीक माध्यम खोजेर परीक्षा सञ्चालनका लागि कसरत गरीरहेको बुझिन्छ ।शिक्षामन्त्रालयका एक कर्मचारीले भने, ‘विद्यार्थीको शैक्षिक सत्र खेर जाने मोडमा छ, सकेसम्म परिक्षा गर्छौ तर संक्रमितको बढ्दो दरलाई मध्यनजर गर्दा महामारीको तेस्रो लहर आउने हो की ? भन्ने डर पनि छ र विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई समेत नियाल्नुपर्छ । वैकल्पिक विधिबाट परीक्षा गर्नको लागि छलफल गरिरहेका छौ ।’
खोप पछि परीक्षा गर्दा हुँदैन भन्ने प्रश्नहरु पनि धेरै उठेका छन् । उक्त प्रश्नलाई प्रस्ट्याउदै शिक्षा मन्त्रालयका एक कर्मचारीले भने, ‘कोरोनाको खोप नेपालमा १८ वर्षभन्दा माथीका उमेर समुहका लागि मात्रै छ । तर १२ कक्षामा पढ्ने सबै जनाले १८ वर्ष पुरा गरेको हुन्छ भन्ने पनि छैन, तर पनि सरकारले किशोर किशोरीका लागि समेत खोप ल्यायो भने त्यो सम्भव छ ।’
![](https://meronews.com/wp-content/uploads/2021/04/ff-100x100.jpg)
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया