मेरोन्यूजबाट फोटो भाइरल भएका युवा भन्छन् : म सुकुम्बासी होइन, समर्थनमा गएको हुँ

काठमाडौँ । सरकारले देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । प्रदर्शनलाई समेट्दै मेरो न्यूज डटकमले भूमि आयोग खारेजविरुद्ध युवा संघको विरोध प्रदर्शन (फोटोफिचर) शीर्षकमा तस्वीरहरू सार्वजनिक गरेको थियो ।
सोही तस्वीरहरूमा समावेश भएकामध्ये एक युवा सामाजिक सञ्जालमा चर्चित बन्न पुगे । उनी थिए, वीरबहादुर श्रेष्ठ (सुमन) ।
मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको प्रदर्शनको फोटोमा श्रेष्ठप्रति सबैको ध्यान जानुको कारण थियो– उनले लगाएको सुन । सोही आधारमा उनीमाथि सामाजिक सञ्जालमा अनेक टिप्पणी भए ।
यस विषयमा मेरो न्यूजले फोन गर्दा श्रेष्ठले भने, ‘पोजेटिभ सोच राख्नु पर्यो, त्यसो हो भने– दलित, सुकुम्बासी, पीडितको पक्षमा अरूले समर्थन गर्न नपाउने हो ?’
उनी सुकुम्बासी भने होइनन् । भूमिसम्बन्धी समस्या आयोगको खारेज र सुकुम्बासीको पक्षमा युवा संघले राखेको प्रदर्शनमा सहभागी जनाएको उनले बताए । ‘म सुकुम्बासीको समर्थनका लागि गएको हुँ, यो राम्रो कुरा हो, सही सन्देशका साथ जानु पर्नेमा गलत तरिकाले गएको छ,’ उनले भने ।
‘यहाँ वास्तविक सुकुम्बासीकै ५ तले घर छ, कोही सुकुम्बासीले राम्रोसँग खानसमेत पाएका छैनन्, म पीडितको पक्षमा निस्वार्थ समर्थन गर्न गएको हुँ,’ उनले भने, ‘मलाई ५/१० तोला सुन लगाउन कुनै गाह्रो हैन, गाडी चढ्छु–काम गर्छु, त्यो मेरो व्यक्तिगत कुरा हो, मैले म सुकुम्बासी भनेको थिइनँ, तर अनेक टिप्पणी गरे ।’
उनले नेवारहरूको गुठी विधेयक आन्दोलनमा सबैले जाति तथा धर्म संस्कृतिका मानिसले साथ दिए जस्तै आफूले पनि साथ दिएको बताए । उनले भने, ‘के यहाँ सुकुम्बासी र गरिबको पक्षमा समर्थन गर्दा अपराध हो ? उनीहरू अगाडि बढ्न नपाउने भन्ने कही लेखेको छ ?’










रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया