मेरोन्यूजबाट फोटो भाइरल भएका युवा भन्छन् : म सुकुम्बासी होइन, समर्थनमा गएको हुँ

काठमाडौँ । सरकारले देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । प्रदर्शनलाई समेट्दै मेरो न्यूज डटकमले भूमि आयोग खारेजविरुद्ध युवा संघको विरोध प्रदर्शन (फोटोफिचर) शीर्षकमा तस्वीरहरू सार्वजनिक गरेको थियो ।
सोही तस्वीरहरूमा समावेश भएकामध्ये एक युवा सामाजिक सञ्जालमा चर्चित बन्न पुगे । उनी थिए, वीरबहादुर श्रेष्ठ (सुमन) ।
मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको प्रदर्शनको फोटोमा श्रेष्ठप्रति सबैको ध्यान जानुको कारण थियो– उनले लगाएको सुन । सोही आधारमा उनीमाथि सामाजिक सञ्जालमा अनेक टिप्पणी भए ।
यस विषयमा मेरो न्यूजले फोन गर्दा श्रेष्ठले भने, ‘पोजेटिभ सोच राख्नु पर्यो, त्यसो हो भने– दलित, सुकुम्बासी, पीडितको पक्षमा अरूले समर्थन गर्न नपाउने हो ?’
उनी सुकुम्बासी भने होइनन् । भूमिसम्बन्धी समस्या आयोगको खारेज र सुकुम्बासीको पक्षमा युवा संघले राखेको प्रदर्शनमा सहभागी जनाएको उनले बताए । ‘म सुकुम्बासीको समर्थनका लागि गएको हुँ, यो राम्रो कुरा हो, सही सन्देशका साथ जानु पर्नेमा गलत तरिकाले गएको छ,’ उनले भने ।
‘यहाँ वास्तविक सुकुम्बासीकै ५ तले घर छ, कोही सुकुम्बासीले राम्रोसँग खानसमेत पाएका छैनन्, म पीडितको पक्षमा निस्वार्थ समर्थन गर्न गएको हुँ,’ उनले भने, ‘मलाई ५/१० तोला सुन लगाउन कुनै गाह्रो हैन, गाडी चढ्छु–काम गर्छु, त्यो मेरो व्यक्तिगत कुरा हो, मैले म सुकुम्बासी भनेको थिइनँ, तर अनेक टिप्पणी गरे ।’
उनले नेवारहरूको गुठी विधेयक आन्दोलनमा सबैले जाति तथा धर्म संस्कृतिका मानिसले साथ दिए जस्तै आफूले पनि साथ दिएको बताए । उनले भने, ‘के यहाँ सुकुम्बासी र गरिबको पक्षमा समर्थन गर्दा अपराध हो ? उनीहरू अगाडि बढ्न नपाउने भन्ने कही लेखेको छ ?’

















सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया