नेता नेपालले भने- ओलीले जति गाली गरे पनि आफू पार्टी एकताको पक्षमा छु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । शुक्रबार आफू पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकतामा जोड दिएका हुन् ।
उनले भने, ‘केपी शर्मा ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ । नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् । म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु । हामीले जति आलोचना गर्दा पनि संयमित र जिम्मेवार हुन छोड्नु हुन्न । एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ ।’
नेता नेपालले पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने बताए । उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आफू पक्षका नेताहरुलाई आग्रह गरेका छन् ।
















संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया