नेबिको बिस्कुट फ्याक्ट्रीमा भीषण आगालागी, नियन्त्रणको प्रयास जारी
मेरोन्यूज
२०७८ साउन २३ गते ७:१८

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट फ्याक्ट्री रातिदेखि भीषण आगलागी भएको छ ।
राती करिब २ः२० बजेबाट लागको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।
१९ वटा पानी ट्याङ्कर १७ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोली पनि आगो नियनत्रणमा खटिएको छ
आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरी बृत्त बालाजुले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया