स्व. महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने

विराटनगर । उद्योगपति एवं समाजसेवी स्व. महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ ।
उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमूना सिकाइ केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ शुक्रबार साँझ उद्योग सङ्गठन मोरङले उद्योग र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिकविज्ञको ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्य रहेको बताए ।
साथै विश्वविद्यालय र उद्योगबीचको प्राज्ञिक एवं व्यावसायिक सम्बन्ध स्थापित गरी अध्ययन अनुसन्धान एवं सिकाइको प्रक्रियालाई अघि बढाउन केन्द्रले भूमिका निर्वाह गर्ने उनले बताए ।
अध्ययन केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्तालाई प्रेरित गर्ने विश्वास अध्यक्ष प्याकुरेलले व्यक्त गरे ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइरालाले अनुसन्धानको माध्यमबाट उद्योगको समस्या पहिचान गरी नीति निर्माण तहमा सुझाव प्रस्तुत गर्न दुवै पक्षबीच भएको समझदारीले सहयोग पुर्याउने जानकारी दिए ।
सुदृढ आर्थिक एवं सामाजिक विकासका लागि नव उद्यमशीलतालाई समानान्तररुपमा प्रवर्दन गर्दै लैजानुपर्ने धारणा राख्दै उपकुलपति कोइरालाले उद्यमी र प्राज्ञिक वर्गलाई अपनत्व हुने गरी केन्द्रले कार्य गर्ने बताए ।
केन्द्रका संयोजक एवं पूर्वाञ्चल विश्वविद्यालयका डा. विजु थपलियाले केन्द्रले उद्योगको नीति निर्माण, नीतिगत बहस र पैरवी, उद्योगी र विश्वविद्यालयबीच अन्तरसंवादको वातावरण तयार गर्न नयाँ आयाम थप्ने धारणा राखे ।
केन्द्रको संयोजकमा प्राध्यापक डा. थपलिया, सहसंयोजकमा इन्द्र खत्री (राजन), सदस्यमा युक्ति गोल्छा, प्राध्यापक देवी भट्टराई, प्रशान्तकुमार लालर तथा सदस्य सचिवमा सङ्गठनका महानिर्देशक चूडामणि भट्टराई रहेका छन ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया