शुक्रबार, फागुन २९, २०८२

एनआरएनए युकेका अध्यक्षमा गाहामगर

मेरोन्यूज २०७८ साउन २३ गते १७:१५

लन्डन । गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी हुनुभएको छ । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गरेका थिए। यसैगरी उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९, गोविन्द खरेलले तीन हजार ६ सय ६५, नारायण कंडेलले ४हजार चार सय ९५ , मोहन कार्कीले चार हजार पाँच सय ९५ मत प्राप्त गरी विजयी भएका थिए ।

यस्तै महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल र बालकृष्ण दाहाल विजयी भएका छन् ।

त्यसैगरी क्षेत्रीय समितिमा इङल्यान्ड राज्य परिषद्का अध्यक्षमा एलबीजेड गुरुङ र स्कटल्यान्ड परिषद्का अध्यक्षमा काशिराम भण्डारी विजयी भएको निर्वाचन पर्यवेक्षक भगिरथ योगीले जानकारी दिए ।

निर्वाचन समितिले गत सोमबार नेपाल पत्रकार महासङ्घ युके शाखाका अध्यक्ष ध्रुव अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङगीमगर र वरिष्ठ सञ्चारकर्मी योगीलाई निर्वाचन पर्यवेक्षक रुपमा जिम्मेवारी दिएको थियो । रासस

प्रतिक्रिया