ओलीले बोलाए स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । साउन २५ गते दुवै कमिटिको बैठक ओलीले बोलाएका हुन् ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बोलाईएको छ ।
पार्टीको विद्यान अधिवेशनको तयारी र वडा सम्मेलनहरु गर्ने कार्यतालिका बनाएको एमालेले पार्टी विद्यान संसोधनका लागि शुक्रवारवाट समुहगत रुपमा सझुावलिने काम शुरु गरेको थियो ।
पार्टीभित्रै अन्त्रसंर्घष चर्काइरहेको माधव नेपाल पक्षले केन्द्रीय कमिटिले तय गरेका कार्यक्रम स्थगित गर्न र एकताका लागि ओलीले आत्मआलोचना गर्नुपर्ने जस्ता शर्त तेस्याईरहेका बेला ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाएका हुन ।
नेपाल पक्षको मागका आधारमा पार्टीका गतिविधि अव नरोक्ने निश्कर्षमा ओली पक्ष छ ।
पार्टी स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाईएको केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले जानकारी दिए । साउ २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव तामाङले जानकारी दिए ।
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया