नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाइनुपर्ने : मन्त्री बराल

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएको छ ।
कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहद्वारा निर्मित सभाहल शनिबार उद्घाटन गर्दै उनले यस क्षेत्रको बृहत विकासमा नियालेडाँडा पनि लाई सँगसँगै अघि बढाउनुपर्ने बताएको हो ।
पुम्दी भुम्दीमा विश्व शान्ति स्तुप र हालै निर्मित विशाल महादेवको मूर्ति पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा कालाबाङ घरेडीदेखि थाप्लेडाँडा (उल्लेरी–ढाँवा)सम्मलाई पनि सोहीरूपमा विकास गर्न बृहत योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
यस क्षेत्रको विकासका लागि छोरेपाटनबाट शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाभाङ, काभ्रे र उल्लेरी ढाँवा हुँदै कुभिण्डेसम्मको सडक कालोपत्र गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको र यसमा रू ५५ करोडको लागत अनुमान गरिएको जानकारी दिए । रासस













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया