नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाइनुपर्ने : मन्त्री बराल

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएको छ ।
कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहद्वारा निर्मित सभाहल शनिबार उद्घाटन गर्दै उनले यस क्षेत्रको बृहत विकासमा नियालेडाँडा पनि लाई सँगसँगै अघि बढाउनुपर्ने बताएको हो ।
पुम्दी भुम्दीमा विश्व शान्ति स्तुप र हालै निर्मित विशाल महादेवको मूर्ति पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा कालाबाङ घरेडीदेखि थाप्लेडाँडा (उल्लेरी–ढाँवा)सम्मलाई पनि सोहीरूपमा विकास गर्न बृहत योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
यस क्षेत्रको विकासका लागि छोरेपाटनबाट शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाभाङ, काभ्रे र उल्लेरी ढाँवा हुँदै कुभिण्डेसम्मको सडक कालोपत्र गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको र यसमा रू ५५ करोडको लागत अनुमान गरिएको जानकारी दिए । रासस










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया