सिम्बोल नम्बर नहुँदा एसइईको नतिजा हेर्न पाइएन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसइई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोट जिल्लाबाट एसइई दिएका विद्यार्थीले आफ्नो नतिजा हेर्न पाएका छैनन् ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ । यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन नसकेका हुन्
एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने भए पनि सिम्बोल नम्बर नहुँदा आफूले प्रतिफल हेर्न नपाएको कालीकोटको खाँडाचक्र नगरपालिका १ पञ्चदेवल माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिएका विकास शाहीले बताए । ‘एसइई परीक्षाको फार्म भर्ने बेला कोभिड–१९ कारणले विद्यालय बन्द भयो, हाम्रो सिम्बोल नम्बर कति हो,’ उनले भने, ‘आन्तरिक मूल्यांकनबाट परीक्षाको प्रतिफल आएको होला तर हाम्रो सिम्बोल नम्बर थाहा नहुँदा परीक्षा प्रतिफल हेर्न पाएका छैनौँ ।’
सिम्बोल नम्बर नभएकाले आफूले परीक्षाको प्रतिफल हेर्न नपाएको रास्कोट नगरपालिका ५ स्युनामा रहेको बडिमालिका माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सामेल विद्यार्थी रजबहादुर फर्सालले बताए । ‘परीक्षा के भएको हेर्न पाएका छैनौँ, हाम्रो सिम्बोल नम्बर कति हो त्यो पनि थाहा छैन,’ उनले भने, ‘परीक्षाको प्रतिफल हेर्न नपाउँदा उकुसमुकुस भएको छ ।’
विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा एसइई दिने विद्यार्थीको नतिजा परीक्षा बोर्डमा पठाइएको र सबै विद्यार्थीको सिम्बोल नम्बर आफूहरुलाई जानकारी नहुने र विद्यालयमा गए मात्र थाहा हुने पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक चन्द्रप्रसाद कोइरालाको भनाई छ ।
‘विद्यालय कोभिड–१९ का कारणले बन्द भएकाले हामीले आन्तरिक मूल्यांकन गरेर विद्यार्थीको परीक्षा फल र सिम्बोल नम्बर दिएका हौँ,’ उनले भने, ‘त्यसबेला विद्यार्थीले चासो पनि देखाउनु भएन, हामीले सबैलाई तपाईको सिम्बोल नम्बर यति हो भन्न पनि भ्याएनौँ ।’
एसइई परीक्षाको प्रतिफलको जानकारी आजै जिल्लामा आइपुग्ने र त्यसपछि विद्यार्थी को कति पास भए भन्ने जानकारी हुने जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख महेश देवकोटाले जानकारी दिए । उनले विद्यार्थीको परीक्षाफल आजै आउने बताए ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया