भूमि वितरण गरेर सुकुम्बासी समस्या अन्त्य हुँदैन : बामदेव गौतम
सरकारले पूरै खेती योग्य जमिन चलन चल्तीको रकममा किनेर सरकारीकरण गर्नु पर्छ

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष बामदेव गौतमले भूमि सुधार लागु पर्ने अवस्था आएको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भूमि समस्या समाधान गर्न भूमि सुधार लागु पर्ने बताएका हुन् ।
‘जहाँ भूमि व्यक्तिगत रुपमा कायम हुन्छ, त्यहाँ सुकुम्बासीको दर बढ्दो हुन्छ,’ नेता गौतमले भने, ‘अब, सरकारले पूरै खेती योग्य जमिन चलन चल्तीको रकममा किनेर सरकारीकरण गर्नु पर्छ, ती जमिनमा खेती गर्ने व्यवस्था गर्नु पर्दछ ।’
नेता गौतमले सरकारले खारेज गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेको करिब १६ लाख आवेदनअनुसार ४ लाख हेक्टर जमिन वितरण गर्न वन फडानी हुने बताए । यस्तो अवस्थामा सरकारी जमिनसमेत व्यक्तिको नाममा जाने हुँदा थप ठूलो समस्या उत्पन्न हुने बताए ।
‘भूमि आयोग पहिले पनि बनेको थियो, जमिन वितरण गरेको थियो, फेरि कहाँबाट सुकुम्बासी थपिए, यसको अध्ययन हुन आवश्यक छ,’ नेता गौतमले भने, ‘भूमि आयोग बनाएर जग्गा वितरण गर्ने काममा मात्रै नलागौँ, सुकुम्बासीलाई भूमि वितरण गरेर समाधान गर्न खोजे समस्या जटिल बन्छ, समस्या समाधान हुन सक्दैन, जमिन पाएका मान्छेले बेचेर फेरि सुकुम्बासी बन्छन्, त्यसो हुँदा सरकारले नै जमिन अधिकरण गर्नु पर्ने बेला आएको छ ।’
यस्तै, उनले जमिन टुक्रा टुक्रा हुँदा खेती योग्य जमिन सकिँदै गएको बताए । यसको समाधान गर्न सरकारले जमिन बाँड्नभन्दा खरिद गरी गरी ठूला–ठूला कृषि आयोजना सञ्चालन गर्नु पर्ने उनको धारण थियो । उनले भूमि जनताको हातमा पुगेकाले थप जटिल समस्या बन्दै गएको बताए ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया