ओलिम्पिक्स २०२० आज समापन, कुन देशले कति पदक जिते ?

टोकियो । टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ ।
पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ ।
त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौँथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेको छ ।
पदक तालिकाको यसपछिका स्थानमा रहेको रूसी ओलम्पिक कमिटी, अस्ट्रेलिया नेदरल्याण्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ छैटौँ र सातौँ स्थानमा आउन सफल भएका छन् ।
अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कूल ४६ र पदक नेदरल्याण्डले १२ रजत र १४ कास्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कूल ३७ पदक जितेको छ ।
तालिकाको दशौँस्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कूल ३२ पदक जितेको छ ।
एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ ।
टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो । ओलिम्पिक खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए ।
विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ ।
कुन देशले कति पदक जिते ?







एजेन्सी













Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया