अधिकांश देशको विनिमयदरमा गिरावट

काठमाडौं । युरोपिन युरो लगायत अधिकांश देशको विनिमयदरमा भने गिरावट आएको छ ।
युरोपियन युरो १ को खरिददर १ सय ३९ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर १ सय ४० रुपैयाँ ५० रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकका अनुसार युके स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४ पैसा रहेको छ ।
यसैगरी विनिमयदर घट्नेमा अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६ पैसा रहेको छ । बिक्रिदर ८७ रुपैयाँ ५० पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर ९४ रुपैयाँ ८० पैसा कायम छ ।
सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ३९ पैसा छ । बिक्रिदर ८७ रुपैयाँ ८३ पैसा कायम रहेको राष्ट्र बैंकले जारी गरेको तत्थ्यांकमा उल्लेख छ ।
यस्तै जापानिज एन १० को खरिददर १० रुपैयाँ ७३ पैसा रहको छ । बिक्रिदर १० रुपैयाँ ७९ पैसा कायम छ । चाईनिज युआन १ को खरिददर १८ रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ३५ पैसा कायम रहको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले तयार पारेको विनिमयदर सूचीमा उल्लेख छ ।
यस्तै बैदेशिक विनिमयदर घट्नेमा कतारी रियाल १ को खरिदरद ३१ रुपैयाँ ३१ पैसा छ । बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ । दक्षिण कोरिया वन १ सयको खरिददर १० रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३८ पैसा रहेको छ । यो पनि आइतबार भन्दा थोरै रहेको केन्द्रिय बैंकले उल्लेख गरेको छ ।
यद्यपी नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरमा अमेरिकी डलर लगायत केही राष्ट्रको आइतबार समान रहेको छ ।
केन्द्रिय बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा रहेको छ । बिक्रिदर १ सय १८ रुपैयाँ ९६ पैसा कायम छ । संयुक्त अरब इमिरेट्स (युएई) दिराम पनि आइतबार समान १ को खरिददर ३२ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३९ पैसा कायम रहेको छ ।
यसैगरी आइतबार समान हुनेमा मलेसियन रिंगेट छ । जसको रिंगेट १ को खरिददर २८ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
प्रतिक्रिया