एमालेमा विधान संसोधन मस्यौदा तयार
केन्द्रमा अव यस्तो बन्दैछ एमाले, अध्यक्ष र महासचिवमात्र निर्वाचित
केन्द्रीय कमिटि २२५ जनाको बनाउने, वरिष्ठ नेताको पद नरहने, अध्यक्ष र महासचिव वाहेक अन्य पदाधिकारी मनोनित गरिने, प्रदेशलाई कार्यकारिणी बनाइने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले विद्यान महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीभित्र वरिष्ठ नेता माधव नेपाल समुहले अन्त्रसंर्घष चर्काईरहेको र एकता वार्ता फलदायी हुन नसकिरहेको बेला एमालेले विधान महाधिवेशनको तयारी तिव्र वनाएको हो ।
बरिष्ठ नेता माधव नेपाल समुहको सहभागिता विनै पनि ओली पक्षले धमाधम पार्टीको स्थायी कमिटि र केन्द्रीय कमिटिको वैठक राखेर विद्यान महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव तयार पार्न थालेको छ ।
एमालेले विधान महाधिवेशन भदौ २७ र २८ गते तोकेको छ ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्ताव स्थायी कमिटि बैठकले पारित गरेर अहिले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न लागिएको छ ।
केन्द्रीय समितिले स्थायी समितिले पारित गरेको विद्यानको मस्यौदा प्रस्ताव अनुमोदन गरेमा विद्यान महाधिवेशनमा त्यस्तो प्रस्तावको मस्यौदा छलफलका लागि पुग्नेछ ।
आजको केन्द्रीय कमिटिको बैठकले प्रस्ताव पारित गरेर साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि मस्यौदा पठाउने तयारी एमालेको छ ।
मस्यौदा विद्यान महाधिवेशन भन्दा ठिक एक महिना अगाडी नै छलफलका लागि पठाउनु पर्ने भएकोले पनि एमालेले आजको केन्द्रीय कमिटिमा विद्यान मस्यौदा छलफल गरि पारित गरेर तल पठाउन लागेको हो ।
कस्तो बन्दैछ अव एमाले ?
एमालेको विद्यानमा पार्टीको एउटा विद्यान महाधिवशेन गर्ने र अर्काे नेतृत्व र पार्टी कार्यक्रम पारित गर्ने महाधिवेशन गर्ने ब्यवस्था छ । सोही आधारमा उसले विद्यान महाधिवेशनको तयारी गरेको हो ।
त्यसका लागि एमालेले विभिन्न ४ ओटा कार्यदल नै समेत बनाएर काम अगाडी वढाएको छ ।
अव एमालेले अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने गरी विद्यानको मस्यौदा तयार पारेको छ । स्थायी समितिले पारित गरिसकेको र केन्द्रीय कमिटिमा अनुमोदनका लागि लगिएको यो प्रस्ताव केन्द्रीय कमिटिले ग्रहण गरेमा त्यसलाई विद्यान अधिवेशनमा छलफल गरि पारित गर्नुपर्ने हुन्छ । त्यसो भएमा एमालेमा अव अध्यक्ष र महासचिव मात्र निर्वाचित हुनेछन् । अन्य पदाधिकारी मनोनित गर्ने ब्यवस्था एमालेले गर्न लागेको हो ।
एमालेले आठौं महाधिवेशनबाट पार्टीलाई बहुपदीय संरचनामा लादै सवै पदाधिकारी निर्वाचित गर्ने ब्यवस्थ ागदै आएको थियो ।
सवै पदमा निर्वाचन गर्दा माथी देखि तलसम्म पार्टीभित्रै पार्टीको समानान्तर अभ्यास हुने र गुटवन्दी झनै मौलाएको भन्दै एमालेले त्यसको अन्त्यका लागि अध्यक्ष र महासचिव वाहेकका अन्य पदाधिकारी मनोनित गर्ने गरी विद्यानमा ब्यवस्था गर्ने मस्यौदा प्रस्ताव तयार पारेको हो ।
अव पार्टीमा वरिष्ठ नेता पनि नरहने गरी एमालेले ब्यवस्था गर्न लागेको छ । एमालेको विद्यानमा यस अगाडी पार्टीमा पार्टीको नेतृत्व सम्हालेको अगाडीका नेता वरिष्ठ नेता रहने ब्यवस्था थियो । जसका आधारमा अहिले पनि एमालेभित्र माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहादै आएका थिए ।
विधान संशोधन गरेर पार्टीबाट वरिष्ठ नेता नराख्ने प्रस्ताव अव एमालेले अगाडी वढाएको छ । बहुकेन्द्र निर्माण भएकाले वरिष्ठ नेताको पद नै नराख्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगेको छ ।
निवर्तमान अध्यक्ष पार्टीको वरिष्ठ नेता रहने प्रचलन एमालेमा थियो र रहदै आएको पनि थियो ।
बरिष्ठ नेता राख्दा वहुकेन्द्र निर्माण भएकोले हटाउनु पर्ने प्रस्ताव सुझाव संकलन गर्ने क्रममा उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव गरेका थिए ।
अव पदाधिकारीको संख्या घटाउने र सानो आकारको पदाधिकारी बनाउने र त्यसमा अध्यक्ष र महासचिव वाहेक अन्य मनोनित हुने ब्यवस्था एमालेमा हुन लागेको हो ।
तर पदाधिकारी हुन पार्टीको केन्द्रीय कमिटिमा निर्वाचित भएको हुनुपर्ने प्रावधान एमालेले गर्न लागेको छ । महाधिवेशनवाट निर्वाचित केन्द्रीय कमिटिले पदाधिकारी मनोनित गर्ने गरी ब्यवस्था गर्न एमालेले खोजेको छ । अहिले एमालेमा एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्था छ ।
त्यसैगरी अव एमालेले अव पोलिटब्यूरो सदस्य नराख्ने पनि विधानको प्रस्ताव तयार पारेको छ । वैकल्पिक केन्द्रीय सदस्य पनि नराख्ने र केन्द्रीय तहमा पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटि गरी तीन तहको मात्र संरचना बनाउने विधानको मस्यौदामा उल्लेख छ ।
पदाधिकारीमा उपाध्यक्षको संख्या कम गर्ने र वढीमा ७ जना सम्म सचिव बनाउने गरी प्रस्ताव गरिएको छ । उपाध्यक्ष घटाएर दुईजना मात्रै राखिने भएको छ । केन्द्रीय कमिटिको संख्या थप गर्ने पनि विधान मस्यौदामा छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको छ । प्रदेशको कमिटिलाई भने कार्यकारिणी बनाउने गरी थप वलियो बनाउन खोजिएको छ ।
ओली पक्षले विद्यान महाधिवेशनको यो तयारी गरिरहदा नेपालपक्ष भने यो छलफलमा हसभागी छैन । उसले अहिले चलिरहेको यो तयारी र वैठकहरु रोक्न माग गरिरहेको छ । तर ओली पक्षले भने बैठक नरोकि निरन्तर आफनो गतिविधि अगाडी वढाएको छ ।
यसले नेपाल पक्ष लाई थप दवाव परेको छ । ओलीसँग तत्काल एकतामा आउने या पार्टीभित्र विद्रोह गरी नयाँ ठाँउमा जाने भन्ने निर्णय छिटो लिन नेपाल समुहलाइ दवाव पर्ने देखिएको छ ।
















पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
माधव नेपाल अस्पताल भर्ना
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया