एमसीसी संशोधन गरेर पारित हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संशोधन गरेर पारित हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका हुन् ।
सत्तामा हुँदा कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने बताउदै आएका ओलीले सत्ताबाट बाहिरिएसँगै एमसीसी संशोधन गरेर मात्रै पारित हुनुपर्ने बताएका हुन् ।
१ सय ६५ को विश्वासको मतले पास गर्दा भइहाल्यो किन हामीलाई दोष दिएको भन्दै उनले सत्तारुढ दललाई प्रश्न गरेका छन् ।
उनले भने, ‘हामी त स्पष्ट छौँ । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ ।’
उनले सरकारकोे भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको विरोध गरेका छन् । आफ्नो नेतृत्वको सरकारले धरहरा, रानी पोखरी बनाउने देखि मेलम्चीको पानी काठमाडौँसम्मै ल्याएको भन्दै उनले ती पनि भत्काउन सरकारलाई चेतावनी दिए ।
















मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया