एमाले विधान संशोधन प्रस्ताव : अध्यक्ष र केन्द्रीय सदस्य मात्र महाधिवेशनबाट चयन गर्ने

काठमाडौं । नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चयन गर्ने भएको छ । सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चयन गर्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी रहने व्यवसथा गरेको छ । बैठकले विधान संशोधन प्रस्ताव छलफलका लागि तल्लो कमिटीसम्म लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
उनका अनुसार प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव चयन गर्ने व्यवस्था गरेको छ । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने र अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको ज्ञवालीले बताए । हाल अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ ।
यी सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । प्रवक्ता ज्ञवालीले स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख गरेको बताए । प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् । यी सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चयन हुने छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया